सुनाई दिन्छु व्यथाहरु! (कविता)
कपन अनलाइन
काठमाडौं जेठ २२ / बिन्दा खतिवडा
सुनाईदिन्छु व्यथाहरु सुन्छु भन्नेलाई
लगाईदिन्छु माया मेरै हुन्छु भन्नेलाई।।
आफैलाई परोस दु:ख पीडा जे जे पर्छ बरु
हसाँईदिन्छु सधैं सम्झि रुन्छु भन्नेलाई।।
त्यान्द्रा तुन्द्री आश किन? मायाको डोरी बाटेर
कसिदिउला मायाजाल बुन्छु भन्नेलाई।।
हृदयमा सजाईदिन्छु माया मेरो सुन
जोड हैन घटाउ हैन गुन्छु भन्नेलाई।।
स्वच्छ सफा ,शान्त यतैकतै दिलभित्र
राखिदिउँला मनको मैलो धुन्छु भन्नेलाई!!
तपाइँको प्रतिक्रिया ।