कोरोना !

कोरोना !
 कपन अनलाइन
काठमाडौं ,जेष्ठ २२ /गीता शर्मा
कोरोनाको बिषयमा विभिन्न अड्कलबाजी चलिरहेको छ।विभिन्न देशले विभिन्न तरिकाबाट यो भाइरसको बारेमा टिका टिप्पणी गरेको सुन्नमा आइरहेको छ।तर सत्य तथ्यसहितको प्रमाण भने अहिलेसम्म भेटिएको छैन।
चिन यसको उद्गम स्थल मानिन्छ । त्यसको अलवा विश्व जगतमा माहामारीको रुपमा दिन एक गुणा रात चौगुणाको रफ्तारमा फैलिइरहेको छ।वास्तवमा भन्नुपर्दा यसले माहामारी  भन्दा पनि त्रास बढी  फैलाएको अनुभूति भएको छ।मेरो नितान्त व्यक्तिगत बिचारमा यसले मानव सभ्यतालाई चुनौती दिइरहेको  जस्तो लाग्छ
विश्व सामुदायमा आर्थिक तथा आणविक सबल राष्ट्रहरु पनि अाज एउटा भाइरससंग निरिह बनिरहेका छन्।के यसको औषधि पत्ता लगाउन नसकेकै हो ?ठूलाठूला आविस्कार गरेका वैज्ञानिकहरु कहाँ छन्? के उनीहरूले सफलता हात पार्न नसकेकै हुन त?अथवा यो कसैले बनाएको  जैविक  भाइरस त होइन ?हाम्राे मानसपटलमा कयौं यस्ता प्रश्नहरु आफैमा अनुत्तरित भएर गुञ्जिइरहेका छन्।यसको आधिकारिक तथ्य विश्व स्वास्थ संगठनसंग पनि छैन।
यसबाट गरिब, असहाय, अनाथ र मजदुरहरू भौतिक रुपमा मारमा परेका छन् भने सम्पन्न वर्ग मानसिक रुपमा पिडित छन्।हामी कहिलेसम्म घरभित्र बन्दीकाे रुपमा रहिरहने भन्ने कुरा गर्भभित्रै छ।मलाई यस्तो लागिरहेको छ कि हामी पहिला जहाँबाट आयौं त्यही मार्ग तिर जान  बाध्य हुनुपर्ने त होइन ?भाइरसबाट बच्ने उपाय हेर्दा हामी हाम्रा पुर्खा हिंडेको बाटोमा  हिंड्नुपर्ने जस्तो लाग्छ ।के विकासले हामीलाई विनासतिरको बाटोमा डोर्‍याएको त छैन ।
मेरो मष्तिष्कमा यस्ता प्रश्नहरू अनुत्तरित भएर उठिरहेका छन्।यो भाइरसले मानव जातिलाई जति त्रसित आतङ्कित् र हतोत्साही बनाएको छ त्यति नै शिक्षा  पनि दिन खोजिरहेको छ।घमण्डी भइ मानबतालाई समेत तिलाञ्जली दिई धन सम्पत्तिको पछि अन्धो भई दौडिरहेका हामीलाई यसले झुटो सावित गरेको छ।
परिवार समाज र देशलाई माया नगर्ने कृतिम झिलीमिलीमा रमाउने मानव जातिलाई राम्रोसँग झापट हानिरहेको छ।प्रकृतिलाई अपहेलना गर्ने,विनाश गर्ने सधैं आफैं खाऊँ आफै्ंं लगाऊँ भन्ने स्वार्थपूर्ण ब्यवहारबाट भ्रष्टाचार र दलाल गरि अकुत सम्पत्ति कमाएका मालिकहरुलाई पनि आफूले गरेको कुकर्म त्याग गरि सत्कर्मतिर लाग्न प्रेरित गरेकोे छ।
य‍ो भाइरसको अन्त्य अबश्य पनि होला हामी  मानवले यो भाइरसले सिकाएको पाठ वा अहिलेकाे जस्तो आपतविपत कदापी बिर्सने छैनौं  यस्तो बिपत्तिमा परेका हामी सम्पूर्णलाई यश माहामारीसंग जुध्न सक्ने क्षमता श्री पशुपतिनाथले प्रदान गरून् भन्दै मेरो  मनमा लागेको खुल्दुली मेटाउन चाहान्छु।यो माहामारीबाट मानव सामूदायले छिट्टै मुक्ति  पाओस् मेरो यही  कामना छ। जय देश नेपाल !
तपाइँको प्रतिक्रिया ।