वन टू थ्री दाल भात फ्री ! (कथा )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १४ /पुन्यराज पुडासैनी
आज लास्ट ट्रिप अली ढीला भयो । अंतिम स्टेसनमा गाडी रोक्दा ९.३० भैसकेको थियो | सन्त मान उर्फ बाबा आज बहुत खराव मुड्मा थियो | …. ला त्यो ट्राफिक लाइ बाहिर भेटे भने ओटलाई दिने हो | बेकारमा लाइसेन्स लाने ..
यतिकैमा फोन को घन्टी बज्यो,
हेलो !
उता उसैले अरुण खोला रूटमा बस चलाउदा भागायर ल्याय की सरू:भन के भो ?
घर आउने बेला भन ?
आउने के कराई राख्या , भर्खर त गाडी राखे , साहू भेट्नु पर्यो ।
ल ल मलाई था छ कहा भट्टीमा होला ।
बाबा रिसले भाउन्न भो , “तेरो बाउको खाको हो । पख घर आउन दे थाहा हुन्छ ।”
यती वेला सम्म नि खलासी न देखेर बाबा कराउछ ।
ए ….. का छस | घर जानू पर्दैन । की टाका लुकाउदै छस।
खलासी आयो । दुबे जना हिडे । करिव १० मिनेट पछाड़ी एकाएक बाबाका पाइला सुस्त बन्न थाले । रातको मधुरो बत्तीमा बोर्डमा लेखिएको थियो सुन्दर भोजनालय । पसलकी साहुनी पनी होटल को नाम जस्तै थीइन।
ए केटा एक छिन पसेर जाने है ।
का गुरु ढीला भो , हिजो पनी १२ बजे गाको । दीदी ले मार्नु हुन्छ | बाबाको गाउले सालोले खलासी भन्दा नि सालो बनेर बोल्यो ।
दीदी को कुरा छोड आज नखाने यसो साथिहरु संग हात त मिलाऊ । फेरी समितिले के नियम ला रैछ त्यो पनी बुझ्नु छ । यती वेला सम्म उनिहरु होटलको ढोका भित्र पूगी सकेका थिए ।
बाबा भित्र छिर्ने वितिकै हलमा ठुलो आवाज गुन्जियो वावा लाइ स्वागत ।सबैको पाराले उनिहरु बाबा लाइ नै पर्खेका झैँ थियो | तर वास्तवमा उनीहरूले रित्याएको डबका बोली रहेको थियो | सबै सित हात मिलाएर हिडन लाग्दा बाबालाई रोक्न सबै तम्सिए |
कता बाबा तपाई न हुदा महफिल खल्लो हुन्छ, ४४ को गुरूजी बोल्यो । रानो बिना घारको के काम , मौरीको के काम , २० को गुरु बोल्यो । ए गुरु आज मरे भोली २ दिन ,थप्यो ८८ को गुरुले ।
ल आज गुरुलाई मेरो तरफ बाट अर्को ट्रकको गुरु बोल्यो |
हैन आज जाने हो बूढीले मार्छे ।
के भन्नु भा गुरु जी एक छिन त बस्नु न प्लीज़ , रीना ( राम माया ) बोली ।
मोरीको बोली र हेराई बहुत राम्रो , बाबाले सोच्यो । यही मोरीले भने पछि त बस्नै पर्यो ।
बाबाले अव आसन जमायो ।
ए कान्छा के खाने खा है । एक डबका हानेर हिड़ने हो ।
तर अव डबका ३, ४, ५ हुदै जान थाले । अरु त पहिला नै मस्त थिए अव बाबा थापियो । बाबा लाइ सबैले मान्द्थे कारण थियो उसको ६ फिटको ज्यान अनी यातायात समितिमा उसको पहुच । अद्यक्षले उ संगै सल्लाह गरेर मात्र काम गर्दथे ।
गुरु ११ बज्यो जाने वेला भो |
नकरा …. लादीदी को चम्चा लात भेट लास । कीच कीच गरीस भने स्टेरिंग छुन पनी दिन्न |
अनी बाबा अस्ति रिजर्वमा पिकनिक जादा हामी संग नबोल्ने हैं ?
रीना बाबा नजिकै आएर बोली ।
को न बोल्या मलाई था छ ।
निस्ठुरी ठीक छ ! भन्दै मुस्काएर रीना हिडी | मोरी लाइ पख न बाबाले मनमा सोच्यो तर बोलेन ।
बाबा बोल्यो ल साथी हो १२ बज्यो जाऊ । सब लाइ था छ नि ड्राइभर भन्या के ? यो भन्या दाई तिम्रो भर हो । हाम्रो हातमा ज्यान हुन्छ मान्छेको |
जादा जादै एक पटक भन्दै बाबा बोल्यो , “वान टू थ्री दाल भात फ्री फ़ो फाइव तलव भत्ता गायव ।”
घर पुग्दा १२ बज्यो सरू तेतिकै उघी रहेकी थीई । बाबा छिर्ने वित्तिकै उ बोलि , आज पनी उही ताल है। सधै रक्सी , खाली अचेतमा घर कसरी चल्छ ?
नकारा न बूढी , के गर्नु साथीको बर्थ डे थियो , अलिकती खा को हो ।
अनी बच्चाको फीस तिर्नुपर्ने , भाडा र रासनको पनी बेला भो । पैसा चाहियो ,खाली जाड खा र हुन्छ? उ बोलि
था छ था छ । मलाई नि चिन्ता छ, भोली ब्यवस्था गरौला ।
भोली नि यही ताल त होला नि छोराले बुवा गोरो हुनुहुन्छ की कालो ? भनेर सोध्छ । बाऊ अध्यारो मै मा हिडछ राती यो वेला आउछ । सरुले आक्रोस पोखी ।
ल धेरै न पडा भात ले,सधै को उही पारामा बाबा बोल्यो ।
भात खादा बाबा सोच्छ ,भोली देखि चै नखाने हो आजको टाकाले त छोराको फीस पुग्थ्यो , तलव भत्ता हुदा एक बोरा चामल आउथ्यो , भोली बाट चाहि कसम दारू नखाने हो।
खाट तीर जादा ढलन खोज्दा सरूले बाबालाई समाती, ढलने गरी त न खानु नि यो कुकुरको मूत , त्यस्तो तितो के मन पर्या होला ?
तलाई कसरी था भो त्यो तितो हुन्छ भनेर ? बाबाले गाला चिमोट्यो सरू लजाई।
बिहान ४ बजे बाबा उठ्यो । आज उसको पहिलो क्यू ।निन्द्रा नपुगेर टाउको फुटला जस्तो भा थ्यो | उ सरासर बसमा गयो खलासी लाइ उठायो । उसले गाडीमा बसे पछि थाहा पायो की आज चावी घरमै छुटेछ |
ए कान्छा जा कुदेर गएर चावीले घरमै छुटेछ ,बाबाले खलासीलाई आदेस दियो ।
आज कलेज टिप छूटने भो। विधार्थीको गाली खाने पिरले उसको टाउको झन दुख्यो ।
चावी त आइपुग्यो तर गाडी स्टार्ट हुदैन । बाबा झन तनावमा फस्छ ।
रेडी वाटर चेक गर – खलासी लाइ आदेस दिएर चुरोट सल्काउदा साहुको फोन आउछ |
गाडी के भो ? की जाडले न छोडेर ओछ्यान मै हो ? साहु रिसाएर भन्छ ।
हैन गाडी स्टार्ट नै हुदैन ,बाबा ।
ल ल जे गरेनी गर्नुस ,साहु ।
बाबाको तनाव झन बढ्यो ।
बल्ल बल्ल गाडी स्टार्ट भयो । सबै प्यासेन्जर गली गुनाशो गर्दै उक्लिए । आज बाबा मौन भएर गाडी चलाएको देखेर सबै यात्री अचम्ममा परेका थिए । उ सधै केही न केही बोली रहेको हुन्थ्यो । बढ़ी चाहि खलासीले गाली खान्थ्यो ।
तर आज उसको मनमा कुरा खेलीरहेको थियो । उ सोच्दै थियो । आजकै दिन देखि रक्सी छोडछू । छोरा छोरी स्कुलमा कती लज्जित वन्दा हुन । कहिल्यै फीस समयमा तिर्न सक्दिन, बुडी लाइ फाकाएर ल्याए सपना सिवाय केही दिन सकिन ।बाआमा कसैलाई केही दिन सकिन । अव देखि चाही दारू नखाने हो । बाबाले निस्कर्ष निकाल्छ ।
एक्कासी ब्रेक जोडले लाग्यो | अगाड़ी एक जना बच्चा थियो | मोज मस्तीमा जन्माएर सडकमा छाड़ने ?भनेर बाउआमा लाइ गाली गर्न बाबालाई मन थियो तर आज केही बोलेन।
फर्स्ट टिप सकेर चिया खान होटलमा जाने वितिकै उसले थाहा पायो की साहूले उसलाई नराम्रो गाली गरेर भर्खर गएको रहेछ ।उसले केही बोलेन । उ सोच्दै थियो की अव आफ्नै गाडी किन्छु । मर्मत संभार किस्ता सबै कटार पनी राम्रै आम्दानी हुन्छ । आज पहिलो टिप हो बेलुका पनी चाडै हुन्छ घरमा गएर सल्लाह गर्छु ।
अर्को ट्रिपमा पनी बाबा नबोली नै गाडी चलाउदै थियो । एक जना यात्रीले खलासी संग कीच कीच गरेको देखेर उसलाई रिस उठी सकेको थियो तर आज केही बोलेन ।बरु भाडा छोडने आदेस खलासीलाइ दियो । खलासी को पनी आज अति राम्रो दिन थियो । उसले आज गाली सुन्नु परेको छैन ।
आज ६ बजे नै गाडी राखेर | खलासी र बाबा निस्किए । केही छिन पछि नै बाबको मन किन किन बदली सकेको थियो । भर्खर ६ बज्यो यसो साथी भेटेर जाने विचार गरी उ सुन्दर भोजनालय तर्फ मोडियो ।उ सोच्दै थियो की एक छिन पसेर मात्र निसकन्छु ।
भोजनालय छिर्ने वितिकै साहुनीले मुस्कान सहित स्वागत गरिन । अली रिसाए झै पनी गरिन किनकी हिजो उसले तेहि बस्ने आग्रह मानेको थिएन ।
हजुरलाई एउटा कोसेली छहै , साहुनी मस्किदै भनी ।
आज म चाडै जान्छु ,बाबा बोल्यो ।
होस तेसो भा दिन्न ।साहुनी फन्किदै गइन ।
बाबा भित्र छिर्यो । त्यहा साहू र अरु पनी थिए । केही नबोली साहूलाइ पैसा दियो ।
बस्नुस गुरु कहिले काही यस्तै हुन्छ , साहूलाइ रन्को लागीसकेको थियो ।
गुरुलाइ एउटा ग्लास अनी पांगरा ,साहु बोल्यो ।
बाबाले मान्दैन तर बस्छ ।
ल निस्ठुरी मान्छे भन्दै साहुनी मार्फा र ग्लास बाबाको अगाडी राख्छिन।
यो चाहि सानो कोसेली , बाबा अन्योलमा पर्छ । हिजो रति देखि दिन भरका कुरा रील झै घुम्छ्न । उ के भनौ भनौ हुन्छ अनि उ सोच्छ आज मरे भोली दुई दिन । अव उसका दिन भरका सोच ग्लासमा अनी उ फेरी उस्तै ।त्यस पछि उसको ज्यानले कती खायो था हुदैन ।
आज पनी ११.३० भए पछी बाबा हिजो जस्तै उठ्छ र भन्छ ,
“वन टू थ्री दाल भात फ्री फो फाइव तलव भत्ता गायव ।”
समाप्त