लायन्स क्लव अफ काठमाडौं टि कपनको संयोजनमा संचारकर्मीहरुलाई सहयोग

लायन्स क्लव अफ काठमाडौं टि कपनको संयोजनमा संचारकर्मीहरुलाई  सहयोग

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १।

लायन्स क्लव अफ काठमाडौं टि कपनको संयोजनमा समाजसेवी प्यारी कुमारी शर्मा (कन्चन बास्तोला) को सहयोगमा संचारकर्मीहरुलाई सहयोग गरिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संचारकर्मीहरुलाई सुरक्षा सामाग्री ,इन्धन र अन्य सहयोग गरिएको थियो।

लायन्स क्लव अफ काठमाडौं टि कपनकी सदस्य रहेकी बास्तोलाले प्रकोप नियन्त्रण र रोकथाम अभियानमा संचारकर्मीहरुले खेलेको भूमिकाको कविता मार्फत प्रसंशा गर्दै आफुले त्यहि क्रियाशील भूमिकाको सम्मान गर्नका लागि सहयोग गरेको धारणा राखेकी थिइन्।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले विषम परिस्थितिमा महत्वपूर्ण भूमिका खेलका संचारकर्मीहरुको सुरक्षा र उनीहरुले बहन गर्दै आएको जोखिमका वारेमा गम्भीर बन्नुपर्ने  धारणा राखेका थिए।

संचारकर्मीहरुले सकारात्मक कामको प्रचार गर्ने र नकारात्मक कामको खवरदारी गर्नुपर्ने बताउदै  अधिकारीले वडा नं ११ ले पनि संचारकर्मीहरुको योगदानको कदर गर्नका लागि योजना बनाइ रहेको जानकारी दिएका थिए।

लायन्स क्लव अफ काठमाडौं टि कपनकी आइपिपी तथा नेकपा बुढानिलकण्ठ -११ कि सचिव संगीता पन्तको अध्यक्ष्यतामा भएको कार्यक्रममा वडा नं ११ कि सदस्य भगवती निरौला ,  महिला संजाल वडा नं ११ कि अध्यक्ष भवानी भट्टराई देउजा, कल्याणकारी स्वयंसेवक संघ बुढानिलकण्ठका सचिव शंकरराज न्यौपाने ,आधारशिला  युवा क्लवका दिपक लामा लगायतको उपस्थिति रहेको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को साम्तेन मावीमा भएको सो कार्यक्रममा एच टिभी खबरका सबिन पन्त ,परिवर्तन खबरका मेघराज पहाडी , सर्चिंग टाइम्सका दिपु बस्नेत , बीएसजी न्युजका बिनय खड्का र  कपन अनलाइनका आशीर्वाद पुडासैनी लगायतका संचारकर्मीहरुको उपस्थिति रहेको थियो।  फोटो :आशिर्वाद पुडासैनी

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।