गोकर्णेश्वर नगरपालिका ९ मा संचालित निशुल्क भोजन अभियानको खर्च बिवरण सार्वजनिक

गोकर्णेश्वर नगरपालिका ९ मा संचालित निशुल्क भोजन अभियानको खर्च बिवरण सार्वजनिक

कपन अनलाइन

काठमाडौँ,जेठ १।गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा संचालित लक डाउन प्रभावितहरुलाई  नि:शुल्क भोजन खुवाउने अभियानमा सहयोगी दाताहरू मार्फत प्राप्त  नगद ,जिन्सी तथा खाद्यन्न सहयोग सामग्रीको बिवरण सार्वजनिक गरिएको छ ।

नेपाल सरकारको निर्णयअनुसार चैत्र ११ गते बिहान ६ बजे देखि लकडाउनको अवस्था भएकोले गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा संचालन गरिएको सो अभियानमा उक्त क्षेत्रमा स्थायी तथा अस्थाई बसोबास गर्ने  दैनिक ज्यालादारी गर्ने मजदुर,गरिब, बिपन्न परिवार पिडितहरुलाई निरन्तर भइरहेको लक डाउन बाट गुजारा चलाउन समस्यामा पर्न गइ दैनिक खाना खान समेत मुस्किल परेको विषम परिस्थितिमा पहिलो चरणमा राहत वितरण गरिए संगैमिति २०७७ बैशाख ११  गते देखि २०७७ बैशाख २६ गते बिहान सम्म खाना खुवाउनलाइ नगद तथा जिन्सी सहयोग गरेकोमा  वडा कार्यलयले धन्यबाद दिदै हाल सम्म सो अभियानमा प्राप्त नगद जिन्सी  सामग्री सार्वजनिक गरिएको हो। जसमा

१ रासन तथा तरकारी  ,२३,५००

२ खाना प्याकिंग गर्ने प्लास्टिक बक्स: ७६,०००

३ ग्यास:  ४४,८००

४ क्याट्रिंग: ८७,०००

५ यातायात खर्च : ७,५००

६ स्वयंसेवक चिया खर्च २५००  गरि जम्मा (४,४१,३००) ४ लाख एकचालिस हजार ३ सय रुपैया खर्च भएको वडा अध्यक्ष राजिब थापाले जानकारी गराए ।

त्यसै गरि  उनले गोकर्णेश्वोर नगरपालिका वडा नं ९ मा बैशाख ११ गते देखि बैशाख २६ गते सम्म संचालित बिहान बेलुकाको निशुल्क भोजन अभियानमा सहयोगी दाताहरु बाट  संकलन भएको कुल रकम  ४ लाख ३६ हजार ५ सय ५० बाट खर्च भएको ४ लाख ४१हजार ३ सय भएको जानकारी गराउदै नपुग रकम  ४ हजार ७ सय ५० रुपैया वडा कार्यलयले बेहोरेको पनि जानकारी गराए।  त्यसै गरि वितरण गरेर बाँकी रहेको ५ बोरा चामल, ७ प्याकेट नुन ,२ लिटर भटमासको तेल बिपन्न बर्गलाई वितरण गरिने पनि उनले जानकारी गराए ।

साथै उनले आरुबारी स्थित अरुणोदय माबीको प्राङ्गण बाट निशुल्क भोजन तयारी गर्ने देखि लिएर त्यसलाई व्यवस्थित तवरबाट  वडाका बिभिन्न स्थानमा लागि वितरण गर्ने अभियानमा सक्रिय स्वस्फुर्त  रुपमा खटिएका स्वयं सेवक प्रत्यक्ष एबम अप्रत्यक्ष रुपले उक्त अभियानलाइ सहयोग गर्ने सहयोगी दाता सबैलाई वडा समिति परिवारको तर्फा बाट वडा अध्यक्ष राजिब थापाले धन्यबाद ज्ञापन गर्दै बैशाख २४ गते बसेको नेपाल सरकार मन्त्रि परिषदको निर्णय बाट सामाजिक दुरी कायम गरि कलकारखाना, विकास निर्माण तथा मर्मत सम्भारका कार्यहरु सुचारु गर्ने गरि श्रम क्षेत्रलाइ खुकुलो पार्दै लैजाने निर्णय भएकोले हाल गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा गराइदै आइरहेको निशुल्क भोजन कार्य हाललाइ  स्थगित गरिएको प्रस्ट पारे  ।

उनले पछि परिस्थिति अनुसार सो कार्यलाई निरन्तरता दिनु पर्ने भएमा पुन :हाल सेवा पुर्याईरहेका स्वयं सेवी ब्यक्ति तथा संस्थाहरु संग नै समन्वय गरि निर्णय गरिने पनि बताए। उक्त सो अभियानमा जोडिने सबैको मुक्त कण्ठले प्रसंशा गरेका थिए । उनले कोरोना संक्रमणको जोखिम न्यूनीकरणको लागि सुरक्षित भएर सामाजिक दुरी कायम गर्न पनि अनुरोध गरेका छन  ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।