भूकम्पको बेला र अहिले नितान्त फरक अवस्था छ:वडा सदस्य बालकृष्ण श्रेष्ठ (गोकर्णेश्वर ४)
कपन अनलाइन
काठमाडौं, बैशाख ३१। अहिले नेपालका ७५३ वटै स्थानीय तहका जनप्रतिनिधि कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियान संगै जनतालाई विभिन्न तरिकाले सहयोग पुर्याउने काममा सक्रिय रहदै आएका छन। जनताहरुका लागि राहत व्यवस्थापनको काममा सक्रिय रहने ति जनप्रतिनिधिहरुले स्थानीयहरुलाई आवस्यक परेमा अन्य सहयोग अनि उपलव्ध गराउदै आएका छन।यसै क्रममा आफ्ना वडालाइ कोरोना संक्रमण हुन नदिनको लागि बिभिन्न प्रयास गर्दै आएका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य बालकृष्ण श्रेष्ठ बिहान देखि बेलुका अवेर सम्म लकडाउनका कारण वडा बासीलाई कुनै पनि समस्या नहोस भनेर अहोरात्र खटिदै आएका छन ।
विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना नै कोभिड–१९ को संक्रमण नियन्त्रणको विकल्प र उपाय भएको बताउने उनले सबैलाइ लक डाउनको सहृदयदेखि पालना गर्न अनुरोध गरेका छन। उनले त्यसमा कसैले पनि हेल च्याक्र्याई गर्नु हुदैन ।कोरोना संक्रमण न्यूनीकरणको लागि किटनाशक औषधी छर्कने कार्यमा होस् या सामाजिक दुरी कायम गर्दै निश्चित समयमा पसल खुलाउन र हात धुने व्यवस्थापनको लागि आफै अग्रसर भएका उनि वडा बासीहरुलाइ पर्न सक्ने समस्या अफ्ठ्यारो लाइ समाधान गर्नको जहिले पनि तयारी अवस्थामा रहेको बताए ।
बन्दाबन्दी पालना गराउन माइकिंग गर्ने देखि राहत वितरणमा समेत खटिएका उनले लकडाउनका कारण प्रभावित बिपन्न दैनिक ज्यालादारी गर्ने श्रमिकहरुको पहिचान गरि राहत उपलब्ध गराएको बताए । उनले वडा नं ४ मा विदेस बाट आएका ६ जना पुरुष र ६ जना महिला गरि कुल १२ जना जनाको RDT परिक्षण गरिएको जानकारी दिदै श्रेष्ठले कसैको पनि पोजेटिभ नदेखिएको बताए । उनले अहिले सम्म वडा बाट करिव १४ सय जना भन्दा बढीलाई राहत वितरण गरिएको जानकारी गराउदै त्यसमा पनि सहयोगी दाता बाट प्राप्त सहयोगको आधारमा राहत कुपन वितरण गरिएको बताए ।
उनले वडा नं ४ को तीन वटा स्थानबाट वडा संग को समन्वयमा लकडाउन बाट प्रभावित हरुलाई बिभिन्न सहयोगी दाताहरुको सहयोगमा निशुल्क भोजन अभियान संचालन गरिएको बताउदै उनले नेपाल सरकार मन्त्रि परिषदको निर्णय बाट सामाजिक दुरी कायम गरि कलकारखाना, विकास निर्माण तथा मर्मत सम्भारका कार्यहरु सुचारु गर्ने गरि श्रम क्षेत्रलाइ खुकुलो पार्दै लैजाने निर्णय भएकोले हाल वडामा गराइदै आइरहेको निशुल्क भोजन अभियान स्थगित गरिए को बताए।
उनले कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन लागू गरे सँगै काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्नेहरुका खानाको प्याकेट वितरण गर्ने अभियानमा सक्रियपुर्वक सहयोग गर्ने स्वयं सेवक एबम सहयोगी दाताहरुलाई गोकर्णेश्वर नगरपालिका वडा नं ४को तर्फ बाट धन्यबाद ज्ञापन गरेका छन ।
उनले पछि परिस्थिति अनुसार निशुल्क भोजन कार्यलाई निरन्तरता दिनु पर्ने भएमा पुन :हाल सेवा पुर्याईरहेका स्वयं सेवी ब्यक्ति तथा संस्थाहरु संग नै समन्वय गरि निर्णय गरिने पनि बताए। उक्त अभियानमा जोडिने सबैको मुक्त कण्ठले प्रसंशा गर्दै उनले विषम परिस्थितिमा आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी वडालाइ निस्वार्थ रुपमा सहयोग गरेका स्वयं सेवकहरु, जन प्रतिनिधि, कर्मचारी सुरक्षाकर्मी स्वास्थ्यकर्मी, विपद व्यवस्थापन टोलि, स्थानीय संघ सस्था तथा सहयोगी दाता सहित स्थानीयहरुले गरेको सहयोग प्रति आभार ब्यक्त गर्दै भबिष्यमा पनि त्यस्तै सहयोगको अपेक्षा गरेका छन ।
भूकम्प र अहिलेको अवस्था ने आकाश जमिनको फरक रहेको बताउने उनले भूकम्पमा जति सक्दो चाँडो जनताको सामु पुग्ने, राहत र उद्धार गर्ने कुरा हुन्थ्यो । अहिले भीडभाड गर्न नहुने, सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था छ । विगतको भन्दा अहिले नितान्त फरक अवस्था छ । फेरी भूकम्प हाम्रो देशमा मात्रै केन्द्रीत थियो । कोरोना त दोस्रो विश्वयुद्ध पछिकै विषम परिस्थिति भनेर संसारका ठूलाठूला वैज्ञानिकले समेत भन्दै आएका छन् । खोजकर्ता, अनुसन्धानकर्ता, चिकित्सकहरु समेत अवस्था के हो भनेर खोजमा नै लागिरहेका छन् । अवस्था फरक भएकाले सिर्जनात्मक रचनात्मक तरिका अवलम्बन गरेर प्रभावकारी भूमिका खेल्नुपर्ने उनि बताउछन ।
जनतामा भाइरसको हानी भन्दा मनोवैज्ञानिक त्रास बढी रहेको बताउदै उनले समाजमा अनेकन खालका भ्रम फैलिरहेका छन्, त्यस्ता भ्रमलाई चिर्नेतर्फ लाग्नुपर्ने बताए । कोरोना भाइरसविरुद्ध लड्न सकिन्छ, विजय प्राप्त गर्न सकिन्छ भनेर सबैलाई आश्वस्त बनाउने कुरा नै अहिलेको प्रमुख आवश्यकता भएको पनि उनि बताउछन ।
फोटो सरोज बस्नेत