लायन्स क्लब अफ काठमाडौं राइजिंग सनको लायन बर्ष २०२०/२१ को प्रेसिडेन्टमा लायन लक्ष्मण कुइँकेल चयन

लायन्स क्लब अफ काठमाडौं राइजिंग सनको लायन  बर्ष २०२०/२१ को प्रेसिडेन्टमा लायन लक्ष्मण कुइँकेल चयन

कपन अनलाइन

काठमाडौं बैशाख ३१। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लव अफ काठमाडौं  राइजिंग सनको  प्रेसिडेन्टमा लायन  लक्ष्मण कुइकेल चयन भएका छन। लायोनिस्टिक  वर्ष २०२०/२१ का लागि कुइकेलको  नेतृत्वमा उक्त क्लवको नया समिति चयन गरिएको हो। मंगलबार  सामाजिक दुरी कायम गरि नया कार्य समिति चयन गरिएको हो ।

कुइकेलको  तृत्वमा भएको समितिको फर्स्ट भाइस प्रसिडेन्टमा लायन श्रीधर पौडेल ,सेकेन्ड भाइस प्रसिडेन्टमा लायन जन्जित केसी ,सेक्रेटरीमा लायन उमेश ढुंगाना  र ट्रेजररमा लायन कृष्ण प्रसाद श्रेष्ठ(अनिल) चयन भएका छन।त्यस्तै लायन्स क्लव इन्टरनेसनल ३२५ ए १ अन्तर्गतको  उक्त क्लवको एडमिनिस्त्रेटरमा लायन माधब कार्की  ,मार्केटिंग कम्युनिकेसन चेयरपर्सनमा लायन श्रीधर भण्डारी , सर्भिस चेयरपर्सनमा लायन दल बहादुर अर्याल, मेम्बरशिप चियरपर्सनमा लायन रमेश लामा  ,डाइरेक्टरमा लायन छेम्बल लामा र लायन उज्ज्वल घिमिरे चयन भएका छन ।

त्यसै गरि एल सी आइ एफ कोर्डिनेटर लायन द्वारिका श्रेष्ठ, चयन भएका छन भने  जोइन्ट सेक्रेटरी लायन कमल परियार , जोइन्ट ट्रेजरर लायन राजु कर्माचार्य ,टेल ट्वीस्टरमा लायन सरोज बुढाथोकी  र टेम्बरमा लायन चन्द्र कुमार डंगोल चयन भएको  लायन जयराम बिष्टले जानकारी दिएका छन।चयन भएका नया कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाईलायन्स लिडरहरुले  बधाई दिदै आगामी कार्यकालको सुभकामना दिएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।