तिरुपति स्कुलले गर्यो राहत वितरण
कपन अनलाइन
काठमाडौं ,बैशाख ३०।
बुढानिलकण्ठ-१०, कपन स्थित अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त तिरुपति ईङ्लिश बोर्डिङ हाई स्कुलले दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
राहत विद्यालयकै प्राण्गनबाट नै वितरण गरिएको थियो । उक्त राहत वितरण कार्यक्रममा खेन रिन्पोन्छे फुर्बा दोर्जे लामा र विद्यालयका सल्लाहकार कमाला कार्कीले सहयोग गरेका थिए।
विगतमा पनि यस्तै सामाजिक कार्य गर्दै आएको तिरुपति स्कुलले भावी दिनहरुमा पनि परेको खण्डमा सामाजिक कार्य गर्न पछि नहट्ने विद्यालयका संस्थापकप्रीन्सिपल तेन्जिङ भोटियाले जानकारीदिएका छन ।
तपाइँको प्रतिक्रिया ।