कागेश्वरी मनोहरा नगरपालिकाको कोरोना कोषमा प्राप्त सहयोग बिवरण सार्वजनिक गर्नेछ :नगर प्रमुख कृष्णहरि थापा
कपन अनलाइन
काठमाडौं बैशाख ३०।कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले वडा अध्यक्षहरुलाई अपील गरेका छन ।उनले चैत्र ११ गते देखि नेपाल सरकारले कोरोना संक्रमण रोकथामको लागि लकडाउनको नीति लागु गरे संगै कागेश्वरी मनोहरा नगरपालिकाले चैत्र १२ गते देखि भिडियो कन्फरेन्स बाट कार्यपालिकाको बैठक बसेर को ५० लाख रकम विनियोजन गरि वडा कोरोना कोष गठन गरेको जानकारी गराउदै पटक पटक गरि नगरपालिकामा १ करोड २५ लाख जम्मा भएको जानकारी गराए ।
उनले सो कोषमा वडाबासीहरुले समेत रकम जम्मा गर्न सक्ने गरि खोलिएको बिभिन्न राजनीतिक पार्टीहरुले सहकारी संस्था निजि बिध्यालय, संघ संस्था, महिला समुह, र नगरबासीहरु बाट प्रत्येक वडामा नगद तथा खाद्यान्न पीपीइ सेट मास्क लगायतको जिन्सी र स्वास्थ्य समान सहित सहयोग गरेकोमा सो को बिवरण पर्त्येक वडामा सबै दलीय सर्वपक्षीय बैठक बसी जेठ ५ गते भित्र सार्वजनिक गरि सो को बिवरण नगरपालिकामा पठाई सहयोग गर्न अपिल गरेका छन। उनले नगरपालिकाले सबै बाट बिवरण प्राप्त भएपछि उचित समय तोकी सार्वजनिक गर्ने पनि बताए ।
साथै लकडाउन र कोभिड -१९ को असर सामान्य भए पछि दाताहरुलाई नगरपालिकाले सम्मान स्वरुप प्रमाण पत्र उपलब्ध गराइने पनि नगर प्रमुख थापाले जानकारी गराए उनले हाल सम्म सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरेका छन ।