म यस्तो कविता लेखूँ (कविता )
कपन अनलाइन
काठमाडौं ,बैशाख २७ /नारायण नेपाल
छामेर ढुक्ढुकी भन्छु दिव्यचाल छ आँतमा,
त्यसैले चल्दछन् सायद् गज औ हंशतालमा !
चल्छ मयूर नाचेर, उस्तै छ पुतलीपन,
गतिमाजीव जेजो छन् गर्छन् चाल अनेकन !
चाला सम्पूर्णमा केर्दा साँचै त हो नि जिन्दगी,
साकेलाअथवा साम्बानाचै त हो नि जिन्दगी ।
यहीचाललिउन् शब्द, उम्दाहोस् अभिव्यक्ति नै,
म यस्तो कविता लेखूँ जो नाचोस् पगमा सधैं !
सुनेर ढुक्ढुकी भन्छु ब्रह्मनाद छ आँतमा,
त्यसैले बोल्दछन् सायद् कोकिल मृदु ठाँटमा !
सुन्छु भ्रमर तानाकागाइने जीव छन् अरू,
दुनियाँबातको साँगू, ध्वनिभाषिकआबरू ।
छङ्छङे छहरा हुन् वा सुसेल्ने हुण्डरी, अनि,
मुर्चुङ्गा खैँजडी सारा गर्ने आवाज नै छ नि !
यहीशक्तिलिउन् शब्दगुञ्जिउन् भव–सागरै,
म यस्तो कविता लेखूँ जो गाओस् नगमा सधैं !
गमेर ढुक्ढुकी भन्छु केही छ खास आँतमा,
त्यसैले रम्दछन् सायद् जुन्किरी मस्त रातमा !
देख्छु गुलाबहाँसेको काँडा छन् तनमा, तर,
हाँसेको मनमाखुल्ने सारा जीवन सुन्दर !
दिनमा सूर्यको लाली, रातमाचाँदनी कडी,
हाँसो प्रकृतिको पुञ्ज, हाँसो हो सृष्टिको छडी ।
यही सत्वलिउन् शब्दव्यक्तहुन् भावना सबै,
म यस्तो कविता लेखूँ जो छाओस् रगमा सधैं !
गद्यहोस् अथवा पद्य… पाओस् सर्वत्र पाठकै,
म यस्तो कविता लेखूँ जो छाओस् जगमा सधैं !
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक