अब घरघरमा नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफर सुविधा

अब घरघरमा नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफर सुविधा

कपन अनलाइन

काठमाडौं ,बैशाख ९।

वेस्टर्नयुनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदानप्रदार र भुतानीको अग्रणीले आज अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथाहुलास रेमिटान्सले नेपालमा वेस्टर्नयुनियनमनि ट्रान्सफरको होम डेलिभरी सेवाप्रवाहगर्ने घोषणा गरेको छ ।
एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालका ग्राहकहरुलाई आफ्नो घरबाट बाहिर ननिस्कीआफ्ना प्रियजनहरुले पठाएको रकम प्राप्त गर्न सहयोग गर्नेछन  ।

सरकारले नागरिकहरुको सुरक्षाकालागि कोभिड—१९ लकडाउन र प्रतिबन्धलागू गरेपछिअन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले उनीहरुको रकम घरमै पुर्याउने  भएको छ ।होम डेलिभरी सुविधा आईतबार देखि शनिबारसम्म १० बजेबाट ४ बजे सम्म उपलब्ध हुनेछ ।
“हामी र हाम्रा एजेन्टहरुले पैंसाहरु जहाँ र जहिले आवश्यक परेको स्थानहरुमा पुर्याउन  महत्वपूर्ण भूमिका खेल्छौं ।

एक उद्देश्यद्वारा संचालित ग्लोबल कम्पनीको रुपमा हाम्रो जनादेश विश्वव्यापी समुदायहरुको सेवागर्ने हो र यसको अर्थ डिजिटल्ली सक्षम समुदायलाई मात्र नभए अफलाईन समुदायहरुलाई पनि नविनतम तरिकाले सेवागर्नु हो । यो साझा उद्देश्य वर्तमान समयमा सत्य हो, वेस्टर्नयुनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले बताइन  ।”
“ग्राहकहरुको घर घरमा पैंसा डेलिभर गर्ने यो नयाँएजेन्ट सर्भिसको थालनीले नागरिकहरुमा नगदको पहुँच पुर्याउछ  र बैंक खातानभएकाहरु सहित ठुलो संख्यामा ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्दछ, फराहले थपे ।”
“हामी जिम्मेवार पूर्वक हाम्रो ग्राहकहरुका सेवाका लागि तयार रहेको सुनिश्चितगर्न सकेसम्म सबै सम्भवप्रयासगर्न प्रतिबद्ध छौं ।यो जारी अवस्था र जुन गतिमा हाम्रा वरिपरि चीजहरु परिवर्तन भइरहेका छन् हामी हाम्रो संचालनलाई अनुकूलगर्दै ग्राहकहरुलाई आफ्नै घरबाट आरामसँग रकम प्राप्त गर्न सक्षम बनाइरहेका छौं, अन्नपूर्ण ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक नवराज घिमिरेले बताए  ।”
“हामीबुझ्दछौं कि परिस्थिति मुसकिल छ र यो कठिन समयमा हामी ग्राहकहरुलाई वैकल्पिक समाधानहरु प्रदान गर्न पाउँदा खुशी छौं ।हाम्रो नयाँ घर घरमामनि ट्रान्सफर डेलिभरी सेवाले नागरिकहरुमा नगदको पहुँच सुनिश्चित गर्दछ रबैंक खाता नभएकाहरु सहित व्यापक ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्दछ, हुलास रेमिटान्सका निर्देशक हेमन्त गोल्छाले भन्नुभयो ।”
ग्राहक मार्गदर्शन
एकपटक प्रेषकद्वारा पैंसा पठाएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरुले अन्नपूर्ण ट्राभल एण्ड टुर्स वाहुलास रेमिटान्समा सम्पर्क गरेर नजिकैको शाखा पत्ता लगाउन सक्नेछन् ।
कल सेन्टरको नम्बरहरु निम्न रहेका छन्
अन्नपूर्ण ट्राभल एण्ड टुस :०१४२२३५३०
हुलास रेमिटान्स :९८५१०१९९७३
उक्त अनुरोध एजेन्टका होम डेलिभरी टिमलाई पठाइनेछ ।एजेन्टका प्रतिनिधिहरुले ग्राहकलाई सम्पर्क गरेर होम डेलिभरी प्रक्रियालाई अगाडि बढाउन परिचयपत्रको प्रतिलिपि व्हाटस्एपगर्न र सम्बन्धित सम्पूर्ण जानकारी प्रमाणित गर्न अनुरोध गर्नेछन् ।
एकपटक विवरण प्राप्त र प्रमाणित भएपछि, एजेन्टाप्रतिनिधिहरु प्रापकको घरमा रकम सहित पुग्नेछन् ।रकम हस्तान्तरण गर्नु अगाडि, एजेन्टका प्रतिनिधिले प्रापकको सक्कली परिचयपत्रसँग प्रमाणित गर्नेछन् ।सफल प्रमाणिकरण पश्चातएजेन्टको प्रतिनिधिले ट्रान्जेक्शन रिसिप्टमा हस्ताक्षर गराएर रकम हस्तान्तरण गर्नेछन् ।

तपाइँको प्रतिक्रिया ।