विज्ञान सर्माउँछ (कविता )
कपन अनलाइन
काठमाडौं ,बैशाख ९ /त्रिलोचनआचार्य
यस्तो भन्नु हूँदैनयो जगतमाहाँस्दैन मान्छे अब
ठोकीमादल रोदिमा घुमिघुमी नाँच्दैन मान्छे अब
मान्छेले कठिनाइ जित्दछ स्वयं बाटो नयाँ पाउँछ
आँधीहो नभँनौ न भाइरस यो विज्ञान सर्माउँछ ।
भो अत्त्याउँनु हुन्न दुख्दछ निकै नानीहरूको मन
हाँसीजित्नु छ युद्ध यो सजग भै पोख्छौँ निराशाकिन?
धर्तीले पनि स्वच्छ वायु नभमानिर्धक्क पैmलाउँछ
आँधीहो नभँनौ न भाइरस यो विज्ञान सर्माउँछ ।
छौँआफ्नै घरमा नसोच्नु निकतै बन्दीभयौँ रे भनी
पंक्षीझैँकति घुम्दथ्यौँ निरिहझैँ सास्ती सह्यौँ रे भनी
आफन्तै पर छौँव्यथाछ, युगले सोरेर पन्छाउँछ
आँधीहो नभँनौ न भाइरस यो विज्ञान सर्माउँछ ।
सम्झौँ जोगिनुपर्छ हूलमुलमापुर्खाहरू भन्दथे
आफैँ बन्नुछ आत्मनिर्भर भनीपाखा स्वयं खन्दथे
सम्झीगीततिनै नयाँ लय झिकीसंसारले गाउँछ
आँधीहो नभँनौ न भाइरस यो विज्ञान सर्माउँछ ।
छैनन् मानिस छिन्नभिन्न जगतै छन् एक कित्ता अब
यौटै भो प्रतिपक्षपक्षअहिले हुन्थेन यो सम्भव
हाम्रो लक्ष्य सफाभएखुरुखुरू बाटो स्वयं धाउँछ
आँधीहो नभँनौ न भाइरस यो विज्ञान सर्माउँछ ।