स्वास्थ्यकर्मीहरुलाई बुढानिलकण्ठ स्वास्थ्य सल्लाहकार समितीको अभिमुखीकरण

स्वास्थ्यकर्मीहरुलाई बुढानिलकण्ठ स्वास्थ्य सल्लाहकार समितीको अभिमुखीकरण

कपन अनलाइन 

काठमाडौं ,बैशाख ९।

बुढानिलकण्ठ नगरपालिका स्वास्थ्य सल्लाहकार समितीले नगरपालिकाका स्वास्थ्यकर्मीहरुका अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ। कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा रहेका बुढानिलकण्ठ नगरपालिकालाई सहयोग गर्न बनेको समितिले विश्वमै नौलो रहेको  भाईरससँग लड्न र यसलाई न्यूनिकरण गर्नका लागि आवस्यक विभिन्न तयारीका वारेमा जानकारी गराएका थिए।

बुढानिलकण्ठ नगरपालिकामा स्थायी बसोवास गर्ने विभिन्न बिज्ञ स्वास्थ्यकर्मीहरुले  नगरपालिकाका स्वास्थ्यकर्मीहरुको दायित्व र पेशागत कर्तव्यका वारेमा अनुभव साटेका थिए ।

उक्त अभिमुखीकरणमा समितिका संयोजक  डा. शिव कुमार राईले यस भाईरसले निम्त्याउन सक्ने समस्या तथा रोगले गर्ने असरहरुका बारेमा विस्तृत जानकारी दिदै यस भाईरसका  बारेमा अध्य्यन भइरहेको र अहिलेसम्म गरिएको अध्य्यन र रोगिहरुको अवस्था अनुसार यसले मानिसको प्रत्येक अंगहरुमा प्रहार गर्ने र अन्य विभिन्न भाईरसभन्दा निकैनै खतरनाक रहेको बताएका थिए । यसका साथै आर.डी.टी र पि.सि.आरबाट गरिने परिक्षणको भिन्नताका विषयमा पनि जानकारी स्वास्थ्यकर्मिहरुलाई डा. राईले जानकारी गराएका थिए।

डा. मधु दिक्षित देवकोटाले अहिलेको  परिस्थितिमा विभिन्न किसिमका आलोचनात्मक कुराहरुको प्रचारप्रसार हुने सम्भावना रहेको र  समाजलाई असर गर्ने खालका सूचनाहरु प्रचारप्रसार गरिरहेको  अवस्था रहेको बताउदै  स्वास्थ्य निकायहरुको पहिलो कर्तव्य समाजमा सहि सूचना सम्प्रषण रहेको धारणा राखेकी थिइन् ।

डा. देवकोटाले भाईरस रोकथाम तथा नियन्त्रणका लागि भनेर गरिएको लकडाउनको महत्व र यसलाई किन पालना गरिने भन्ने विषयमा पनि स्वास्थ्यकर्मीहरु पहिले जानकार भएर  आफ्नो समाजमा यसलाई सही ढंगमा बुझाउन सकिने बताउदै कुनै पनि परिक्षण तथा यसको उपचारका क्रममा प्रयोग गरिनुपर्ने विभिन्न उपकरणहरु अत्यावश्यक रहने स्वास्थ्यकर्मीहरु बाहेककालाई  प्रयोग गर्न दिनु नहुने बताएकी थिइन्।

त्यस्तै उक्त अभिमुखीकरणमा त्रिवी अस्पतालका डा.प्रेम खड्का , नर्सिङ परिसदकी पुर्व रजिस्टार इश्वरी खनाल र नर्सिङ एसोसियसनकी पुर्व उपाध्यक्ष अप्सरा पाण्डे लगायतका विज्ञहरुले प्रशिक्षण दिएका थिए।

त्यस्तै बागमती प्रदेशका प्रदेस सभा सदस्य दिपक निरौलाले नगरपालिकामा स्थायी बसोवास गर्ने बिज्ञहरुले प्रकोप नियन्त्रणको अग्रभागमा रहेका  स्वास्थ्य कर्मीहरुको मनोवल र पेशागत सहयोग गरेकोमा धन्यवाद दिएका छन।

तपाइँको प्रतिक्रिया ।