नआत्तिऔँ (गजल )

नआत्तिऔँ (गजल )

कपन अनलाइन

काठमाडौं ,बैशाख ६ /धर्मानन्द भट्ट

कोरोना रोगको त्रास विश्वमा फैलिँदै गयो
यो बाट बच्न हामीले नएक्ली नहुने भयो ।
हरेक रोग आफैँमा हुँदैनन् लाग्छ घातक
लागिहाले निको हुन्छ गर्दाखेरि हिफाजत ।।

कोरोना शब्द हामीले फालौँ मस्तिष्कबाट नै
नडराऔँ, रमौँ, हाँसौँ भोलि होइन आज नै ।
गर्दै छ राष्ट्रले चाँडै कोरोना रोगको हल
नआत्तिऔँ खुसी होऔँ उच्च राखौँ मनोबल ।।

अनावश्यक हल्लाको पछि हिँड्नु हुँदैन है
गर्नुपर्दछ विश्वास आधिकारिक पेजकै ।
विश्वव्यापी महामारी नेपालमा नफैलियोस्
यसैकारण नेपाली जनको शिर अग्लियोस् ।।

तपाइँको प्रतिक्रिया ।