कोरोना संक्रमण जोखिम न्यूनीकरणको लागि बुढानिलकण्ठ ११ जगडोलमा लकडाउनलाइ कडाइ गरियो

कोरोना संक्रमण जोखिम न्यूनीकरणको लागि बुढानिलकण्ठ ११ जगडोलमा लकडाउनलाइ कडाइ गरियो

कपन अनलाइन

काठमाडौं बैशाख ६। कोरोना भाइरस, (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा ‘लकडाउन’ लाई थप कडाइ गरिएको छ।सो को लागि  जगडोलमा स्वयं सेवक समेत परिचालन गरिएको छ। कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणको लागि सरकारले लागु गरेको लकडाउनक उलंघन गर्नेहरुको संख्या बढे संगै जगडोलमा स्वयं सेवक परिचालन गरिएको हो।  उनीहरुलाई निम्न आचरणमा रहेन समेत निर्देशन दिइएको छ  ।

लकडाउनका बेला  सुरक्षाकर्मीलाई ढाँटेर वा छलेर हिँडडुल नगर्न र संयमित रहन पनि आग्रह गर्दै कठिन परिस्थितिमा सबैले अनुशासनको पालना र धैर्यता कायम  राख्नुपर्नेमा जगडोल युवा क्लबका अध्यक्ष संजय पौडेलले  जोड दिएका छन।  उनले जगडोलमा  सर्वसाधारणको हेलचेक्य्राइँ बढेको भन्दै सबैलाई लक डाउनको पूर्ण पालना गरि घरमा सुरक्षित रहन आग्रह गरेका समेत गरेका छन् ।

१. गाउँ देखि बाहिरका मानिसहरुलाई घुमफिर गर्न मर्निङ्ग वाक वा शारीरिक ब्यायमको लागि आउन निषेध गर्ने ।
२. स्थानिय मान्छेलाई बाहिरका मान्छेहरु सँग घुलमिल गर्न निरुत्साहन गर्ने ।

३. गाउँ आसपासमा रहेका चिया पसल तथा भट्टी पसल बन्द गर्न अनुरोध गर्ने ।

४. खाद्यान्न तथा तरकारी वाट पनि संक्रमण आउन सक्ने भएकोले साबधानी अपनाउन अनुरोध गर्ने ।

५. बिरामी तथा औषधि खरिदको लागि जान आउन दिने तर जानू पर्ने स्थान र लाग्ने समय नोट गरि राख्ने ।

७. धारामा पानी लिन आउनेलाई सके सम्म फर्काउने । छोड्नै पर्ने भएमा एक पटकमा दुई जना सम्म मात्र पठाउने । पहिला गएको फर्के पछि मात्र अर्को ब्यक्तिलाई पठाउने ।

८. आसपास टोलका मान्छेहरुको संसर्गमा कसैले पनि जमघट र भेटघाट नगर्ने ।

९. हामिले तोकेका नियमहरु पालना गर्न सबैलाई अनुरोध गर्ने तर धरपकट नगर्ने साथै शिष्टता पुर्बक सम्झाउने। आवश्यक परेमा प्रशासकिय सहयोग लिने ।

१०. कुनै शंकास्पद गतिबिधी देखिएमा उक्त ब्यक्ती आएको गएको स्थान र समयको टिपोट बनाउने ।

गरि नियम बनाइएको स्थानीय अंगुर पौडेलले कपन अनलाइनलाइ बताए ।

तपाइँको प्रतिक्रिया ।