विदेशमा फस्तो भयो (गजल)
कपन अनलाइन
काठमाडौं ,बैशाख ५ /गणेशकुमार मिश्र
हेर्दा हेर्दै मेरो लागि आज देश कस्तो भयो
नागरिक नै सरकारलाई अति सस्तो भयो
परदेशको भुमि रोजे खुसी ल्याउन मुहारमा
कति को त नजरमा फालिएको जस्तो भयो ।
सङ्कटमा आफ्नी हुन्छिन् जन्म दिने आमा
नपुछेर आँसु तिनको आज यस्तो भयो !
जात ,धर्म ,वर्गभन्दा मानव जाति हुन्छ माथि
बिभेदको मन्द विष जनतामाथि घस्तो भयो ।
छु म आज रोकिएको कैदी बनी सीमानामा
अत्यासको पीडा बोकी सरितामा पस्तो भयो
आफ्नालाई आफ्नाले नै घात गर्ने हुन्छन्
निर्दोष छ तर पनि विदेशमा फस्तो भयो ।
( मिश्र त्रि -ज्योति मा.बि. बुढानिलकण्ठ -१२ का प्राचार्य हुन् )
तपाइँको प्रतिक्रिया ।