बागमती प्रदेसका कृषि उत्पादनलाई प्रोत्साहन गर्ने कोभिड संकट ब्यबस्थापन समितिको निर्णय

बागमती प्रदेसका कृषि उत्पादनलाई प्रोत्साहन गर्ने कोभिड संकट ब्यबस्थापन समितिको निर्णय
कपन अनलाइन
हेटौंडा, बैशाख ६।
प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले कृषि उत्पादनलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष एबम् बागमती प्रदेशको मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले भौतिक दुरी कायम गरी कृषि उत्पादनका लागि चाहिने मल, बिउ बिजन उपलब्ध गराउने जनाएको छ ।
यसैगरी बिदेशबाट आएका एबम् प्रभावित ब्यक्तिहरुको खोजी गरी ¥यापिड डायोग्नोष्टिक टेष्ट र आवश्यक परे पिसिआर टेष्ट पनि गर्ने निर्णय भएको छ । अझैपनि केहि स्थानमा राहत बितरणमा एकद्वार निति अबलम्बन गरेको नपाईएकोले संघीय सरकारको निर्देशन अनुसार कडाईका साथ एकद्वार प्रणालीबाट राहत बितरण गर्नुपर्ने निर्णय पनि गरेको छ ।
यसैगरी प्रदेशमा अलपत्र परेका ब्यक्तिहरुको उचित ब्यबस्थापनका लागि आबश्यकता अनुसार काम गर्ने, जिल्लामा भएका एम्बुलेन्सलाई कमाण्ड पोष्टमार्फत ब्यबस्थापन गरी सञ्चालन गर्ने, एम्बुलेन्स सञ्चालन गर्न अटेर गर्ने संस्था र चालकलाई कार्बाहि गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए  ।
यसैगरी स्वास्थ्य क्षेत्रका जनशक्तिको अभाव रहेकोले संघीय सरकारसंग माग गर्ने निर्णय पनि गरेको छ । यस्तै लकडाउनको समयमा बिभिन्न अवान्छित क्रियाकलाप गर्नेलाई कार्बाहि गर्ने र त्यस्ता कृयाकलापलाई निरुत्साहित गर्न स्थानीय तहलाई निर्देशन गर्ने निर्णय भएको मन्त्रि ढुंगेलले बताए ।
बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले लकडाउनका कारण कृषि उत्पादनमा समेत असर परेकोले यसको समन्वय स्थानिय तहले गर्ने बताएका थिए । मुख्यमन्त्री पौडेलले आवश्यक सुरक्षा अपनाएर निर्वाद रुपमा खेतीपाती गर्न किसानहरुलाई अनुरोध गरेर उत्पादनमा लाग्न प्रेरित गरिनुपर्ने बताएका छन  ।
पालिकाहरुललाई सावधानी अपनाएर र दुरी व्यवस्थापन गरेर गर्न सकिने कामहरु गराउन लगाउने तर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो । खेतीपातीको मौसम शुरु भएको भन्दै मुख्यमन्त्री पौडेलले कतिपय व्यक्तिहरु वर्षभरी शहर पसेर काम गर्ने तर खेतीपाती लगाउने सिजनमा घरमा आउने र बाली थन्क्याएर फेरी शहर पस्नेहरु रहेको र उनीहरु अहिले अलपत्र भएकोले व्यवस्थापन हुनु आवश्यक रहेकोरहेको धारणा राखेका थिए ।
बैठकमा प्रदेशका मन्त्रीहरु, प्रमुख सचिब, मन्त्रालयका सचिबहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।