उपत्यकाका नगरपालिका फोरम भन्छ कसैले उपत्यका छाड्नु पर्दैन

उपत्यकाका नगरपालिका फोरम भन्छ कसैले उपत्यका छाड्नु पर्दैन

कपन अनलाइन

काठमाडौं ,बैशाख ५।

काठमाडौं उपत्यकाका १८ नगरपालिकाले लकडाउनका बवाजुद  नागरिकहरु हिँडेरै गाउँ फर्किन थाले पछी उपत्यका नछाड्न आग्रह गरेको छन  । उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उप–प्रमुखहरु रहेको उपत्यका  नगरपालिका फोरमलेले  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठी र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँगको छलफलका पश्चात यस्तो आग्रह गरिएको हो  ।

नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो ‘लकडाउनका बेला एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान समेत प्रतिवद्ध गरेको अवस्थामा  जो जहाँ रहेका छन   त्यहि सुरक्षित बस्न आग्रह गरेका छन।

  उपत्यकामा रहेका अतिविपन्न, असाहय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई भोकै पर्न नदिने प्रतिवद्धता पनि व्यक्त गर्दै  अहिले दैनिक दर्जनौँ मानिस भोकभोकै पर्न थालेपछि उपत्यका छाड्न थालेको भन्ने समाचार विभिन्न सञ्चार माध्ययमबाट आए संगै नगरपालिका फोरमका  अध्यक्ष शाक्यले बताएका छन ।

 उपत्यकाका सबै नगरपालिकाहरु राहतको व्यवस्था गर्न तयार रहेको बताउदै  कोहि भोकै परेको जानकारी छ भने टोल फ्री न. ११८० र ११३१ मा जानकारी दिनुहोला हामी समाधान गर्छौ ।

मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै यस्तो प्रतिकुल अवस्थामा पनि काठमाडौँ उपत्यका छाडि सयौँ किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःखकष्ट भोगिरहेका समाचारप्रति  गम्भीर ध्यानाकर्षण भएको बताएका छन।

 लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ–आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई रासन वितरण तथा अन्य प्रयास गरिरहेको छन् उपत्यकामा रहेका असाहय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस भनेर राहत वितरण गरिएको बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

बिज्ञप्ति :

तपाइँको प्रतिक्रिया ।