कागेश्वरी मनोहरामा विदेस बाट आएका नगरवासीको द्रुत जाँच RDT गर्दैछौ :प्रमुख कृष्णहरि थापा

कागेश्वरी मनोहरामा विदेस बाट आएका नगरवासीको द्रुत जाँच RDT गर्दैछौ :प्रमुख  कृष्णहरि थापा

कपन अनलाइन काठमाडौं

बैशाख १।

कागेश्वरी मनोहरा नगरपालिकाले विदेश वाट नगरपालिकाभित्र आएका सम्पूर्ण व्यक्तिहरुको RAPID DIGNOSTIC TEST (RDT) गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा संगको समन्वयमा नेपाल बाहिरबाट नगरपालिकाभित्र आएका सम्पूर्ण व्यक्तिहरुको RAPID DIGNOSTIC TEST (RDT) गर्न लागिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिएका छन ।

कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित नगर अस्पताल) मा भोलि र आलापोट स्वास्थ्य चौकी र डाँछी स्वास्थ्य चौकीमा पर्सि RAPID DIGNOSTIC TEST (RDT) गर्नको लागि आवश्यक व्यवस्था मिलाइएको नगर प्रमुख थापाले बताए ।

नगर प्रमुख थापाले आज र भोलि नेपाल बाहिरबाट आएका व्यक्तिहरुलाई अस्पतालमा लगेर RAPID DIGNOSTIC TEST (RDT) गर्नका लागि आवश्यक सहयोग गर्न नगरपालिकाका जनप्रतिनिधिहरु र महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई आग्रह समेत गरेका छन् ।

त्यस्तै उनले मुलपानीमा विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को टेष्ट गर्नका लागि बायो मेडिकल स्याम्पल कलेक्शन बुथ स्थापना गरिएको पनि जानकरी गराए । कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर उमेश जंग थापाको विशेष पहलमा कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित नगर अस्पताल) मा सो बायो मेडिकल स्याम्पल कलेक्शन बुथ स्थापना गरिएको बताए ।

RAPID DIGNOSTIC TEST (RDT) पोजेटिभ आएको व्यक्तिको फेरी (POLYMERASE CHAIN REACTION) (PCR) गरिने नगरपालिकाका स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी गराइन । हालसम्म कागेश्वरी मनोहरा नगरपालिकामा नेपाल बाहिर अर्थात बिदेशबाट आएका ६१ जनाको रेकर्ड रहेको पनि जानकारी गराइन।

तपाइँको प्रतिक्रिया ।