बूढानीलकण्ठ नगरपालिकामा कोरोना भाईरस र्‍यापिड डाइग्नोष्टिक टेष्ट (RDT) शुरु गरिने

बूढानीलकण्ठ नगरपालिकामा कोरोना भाईरस र्‍यापिड डाइग्नोष्टिक टेष्ट (RDT) शुरु गरिने

कपन अनलाइन

काठमाडौं ,बैशाख १।

बूढानीलकण्ठ नगरपालिकामा पनि कोरोना भाईरस र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किट आईपुगेको बूढानीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख कुमार दाहालले जानकारी  दिदै बैशाख १ गते बाट  कोरोना परिक्षणको कार्य शुरु गरिने प्रमुख दाहालले बताएका छन।

बूढानीलकण्ठ नगरपालिकाको वडाहरुबाट लिइएको तथ्याङ्क अनुरुप करिव ९८ जना विदेशबाट फर्किएका व्यक्तिहरुको परिक्षण गरिने स्वास्थ्य प्रमुख दाहालले जानकारी दिएका छन्।

हाल नगरपालिकाको स्वस्थ्य शाखामा आएका  १६० वटा टेस्ट किटको  शाखाहेका प्राविधिकहरु तथा नेपाली सेनाका  चिकित्सक टोलि सहित  कोरोनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट शुरु गरिने  छन।

पहिलो चरणको टस्टमार्फत कोविद १९ को संक्रमण फेला परेको खण्डमा उक्त व्यक्तिको स्वाब पून: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने तथा  संक्रमितको परिवार एवं सो व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई अन्य व्यक्तिहरुमा सङ्क्रमण फैलिन नदिनका लागि बूढानीलकण्ठ नगरपालिकाले  तयार पारेको   क्वारनटाइनमा राखिने छ।

तपाइँको प्रतिक्रिया ।