देवदर्शन बचत तथा ऋण सहकारी द्वारा चन्द्रागिरि नगरपालिकालाई १ लाख १ हजार सहयाेग
कपन अनलाइन
काठमाडौं ,चैत ३०
देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिले चन्द्रागिरि नगरपालिकालाई १ लाख १ हजार सहयाेग रकम हस्तान्तरण गरेकाे छ । संस्थाका अध्यक्ष राम नारायण घिमिरेलले संस्थामै चन्द्रागिरिका मेयर घनश्याम गिरीलाई साे रकम हस्तान्तरण गरेका हुन् ।
देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष रामनारायण घिमिरेले नगरपालिका भित्र सामाजिक उत्तरदायित्व अन्तर्गत देशकाे विषम परिस्थितिमा चन्द्रागिरि नगरपालिकाले स्थानिय विपद् व्यवस्थापन काेषमा रकम सहयाेग गर्न पाउँदा खुशी व्यक्त भएकाे बताए ।
उनलेे नगरपालिकै पहिलाे सहकारीकाे तर्फबाट सहयाेग रहेकाे जानकारी दिदै विपत्तिमा परेका समुदायहरूलाई सवैकाे थाेपाथाेपा सहयोगले उदार हुने घिमिरेकाे भनाई छ ।सवै सहकारी अभियन्ताहरूले यस्ताे अभियानमा साथ र सहयाेग गर्न खाचाे रहेकाे उनले औल्याए ।
सहयाेग रकम हस्तान्तरण कार्यक्रममा बाेल्दै चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले विपद्काे अवस्थामा सवैकाे साथ र सहकार्य आबश्यक रहेकाे बताउदै,लकडाउनका कारण काेहि कसैलाई समस्या नपराेस भने हेतुले यस्ता रकम आवश्यक स्थानमा पार्दशि रूपमन खर्च गरिने बताए ।
नगरप्रमुख गिरीले भने,” हामी स्थानीय सरकारकाे प्रतिनिधि तपाई स्थानिय जनसेवक तपाईहरू जस्ता सामाजिक व्यक्तित्व सहकारी कर्मि सवैले आआफ्नाे स्थानवाट खुल्ला रूपमा सहयाेग गर्ने बेला भनेकै यस्तै यस्तै समयमा हाे,भुकम्प हाेस या याे परिस्थिति जहिले पनि तपाईंहरूले गर्दै अाउनु भएकाे छ र फेरि पनि गर्नुहुनेछ भने बिश्वास लिएकाे छु ।”
देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिले समाज रूपान्तरणका लागि हरेक बर्ष नयाँ नयाँ कार्यक्रम याेजना,सिपबिकास,लघुवित सामाजिक किकास लगायत जनमुखी र प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आईरहेकाे छ ।