काठमाडौ महानगरपालिका वडा न १५ को निशुल्क भोजन गराउने अभियानमा सहयोगी थपिदै
कपन अनलाइन
काठमाडौं ,चैत ३०।
काठमाडौ महानगरपालिका वडा न १५ मा असाहय, बिपन्न, दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिहरुलाई खाना खुवाउनने अभियानमा सहयोगीहरु बढिरहेका छन।
सो अभियानका लागि आज नेपाली सेना श्रीमती संघ तथा समाजसेवीहरुबाट खाद्यान्न, तरकारी, मरमसला, गेडागुडी प्राप्त भएको छ।
राहत प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, वडा नं १५ का अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेल, वडा सदस्यहरु आनन्दराम गौतम, मैयाँ लक्ष्मी महर्जन, स्वयंसेवकहरु, स्थानीय क्लब तथा टोल सुधार समितिका प्रतिनिधिहरु सहितको उपस्थितिमा सो सहयोग हस्तान्तरण गरिएको थियो।
तपाइँको प्रतिक्रिया ।