आभास (कविता)

आभास (कविता)

कपन अनलाइन 

काठमाडौं चैत्र २७/ प्रकाश अधिकारी 

 

हर तिम्रा सपनाहरु

मेरै लाग्छन्

हर खुसीहरु मेरै लाग्छन्

खुसी देखेरै अघाउँछु

दुखको  त परिकल्पना पनि

असम्भव लाग्छ।

 

छामेर मुटु

खोज्छु कतै हराउँछौ कि

मेरो बिस्वासको धरातलबाट

फुत्किएर ।

 

निर्दोष आँखामा सझाएर

तिम्रो झझल्को

मुटुको न्यानोपनको गहिराइमा

लुकाएर

अविराम तरङ्गित लहरहरुमा

तिम्रै यादका तरङ्गहरु

फक्रिएको हुन्छ

हर साँझ

जूनको आगमनसँगै

तिमी उदाए जस्तो लाग्छ

यी अतृप्त आँखामा।

 

थामेर ननिदाउने मन

चिम्लिएर आँखा

एकैपटक खोज्छु

भुगोलले छेकेको

दुरीलाई नजिक ल्याएर,

जुन बेला धड्कन पनि

तिम्रै नाममा धड्किएको हुन्छ

समय नाघेर ।।

 

तपाइँको प्रतिक्रिया ।