नगरपालिकाको विपद व्यवस्थापन कोषमा नेसनल प्याव्सन बुढानिलकण्ठको १ लाख १ हजार
कपन अनलाइन
काठमाडौं ,चैत २५।
नेसनल प्याव्सन बुढानिलकण्ठले नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा सहयोग गरेको छ।
नेसनल प्याव्सनका पुर्व केन्द्रिय बरिस्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी , नेसनल प्याव्सन बुढानिलकण्ठका अध्यक्ष नारायणबाबु तिम्सिना सहितको टोलीले १ लाख १ हजार रुपैया बुढानिलकण्ठ प्रमुख उद्दव खरेललाई हस्तान्तरण गरेका थिए।
नगरपालिकामा रहेका विपन्न परिवार तथा दैनिक ज्यालादारी गर्दै आएका नागरिकलाई खाद्यान्न सहयोग पुग्गोस भन्ने उदेस्यले नगरपालिकालाई सहयोग गरेको नेसनल प्याव्सन बुढानिलकण्ठका अध्यक्ष नारायण बाबु तिम्सिनाले बताए।
यस्तो विषम परिस्थितिमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको र नगरपालिकालाई आवस्यक पर्दा अन्य सहयोग गर्न तत्पर रहेको बताएका छन।
त्यस्तै सहयोग ग्रहण गर्दै नगरपालिकाका प्रमुखले धन्यवाद दिदै अन्य सहयोगको प्रतिवादत्ता गरेकोमा धन्यवाद दिएका थिए।
सो अवसरमा जिल्ला कार्यसमिती सहसचिव समीर वास्तोला, सहकोषाध्य्क्ष बिनय श्रेष्ठ, सदस्य शक्ति नेपाल, निवर्तमान सदस्य भिष्मराज ढकाल, बुनपा सचिब लेखजङ्ग खत्री, कोषाध्यक्ष राजेस्वर तिवारी र सदस्य इश्वर के सीको उपस्तिथि रहेको थियो।