नगरपालिकाको कोषमा बुढानिलकण्ठ निर्माण व्यवसायी संघको १ लाख ११ हजार १ सय ११

नगरपालिकाको कोषमा बुढानिलकण्ठ निर्माण व्यवसायी संघको १ लाख ११ हजार १ सय ११

कपन अनलाइन

काठमाडौं ,चैत २५।

बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन कोषमा बुढानिलकण्ठ निर्माण व्यवसायी संघले १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको छ।

बुढानिलकण्ठ निर्माण व्यवसायी संघका अध्यक्ष धुर्व भट्टराईको नेतृत्वमा गएको टोलीले उक्त रकम बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेललाई हस्तान्तरण गरेको थियो।

कोरोना कोभिड १९ को प्रकोप संग जुधिरहेको नगरपालिकाको विपद व्यवस्थापन र आपतकालीन सेवाका लागि सो रकम हस्तान्तरण गरिएको संघका अध्यक्ष भट्टराईले बताए। साथै उनले नगरपालिकाका सबै पेशागत तथा ब्यापारिक संघ संस्थालाई पनि सहयोगका लागि आव्हान गरेका छन ।

सो अवसरमा संघका हरि भारती , रंजित केसी ,प्रमोद अधिकारी , राजेन्द्र गुरागाई ,कर्ण तामांग ,पुरुषोत्तम सापकोटा ,कृष्णकाजि श्रेष्ठ ,माधव भट्टराई ,नवराज देउजा ,निश्चल अधिकारी ,मान बहादुर तामांग लगायत सहभागी रहेका थिए।

 

तपाइँको प्रतिक्रिया ।