गोकर्णेश्वर नगरपालिका वडा नं ८ द्वारा राहतको लागि घर घर पुगी कुपन वितरण

गोकर्णेश्वर नगरपालिका वडा नं ८ द्वारा  राहतको लागि घर घर पुगी  कुपन  वितरण

कपन अनलाइन

काठमाडौं चैत्र २५गोकर्णेश्वर नगरपालिकामा  वडा नं ८ मा राहतको कुपन  वितरण भएको छ। वडाले सोमबार बाट घर घर पुगेर राहतको लागि कुपन वितरण गरेको हो ।वडा समितिको बैठक पश्चात कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक  लगाइएको अवस्थामा गोकर्णेश्वर नगरपालिकामा ८ मा  बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ  घर घर पुगेर राहत को लागि कुपन वितरण  गर्ने निर्णय गरेको थियो  ।

सो कुपन प्राप्त ब्यक्तिलाइ वडा कार्यलय बाट राहत वितरण गरिएको थियो।  यस अघि बिभिन्न स्थान बाट राहत बाढ्ने कार्य गर्दा अत्याधिक भिड भाड जम्मा भएको हुँदा  उक्त कार्य स्थगन गरि घर घर पुगी राहतको कुपन वितरण गरिएको वडा अध्यक्ष  मनोजकुमार ढुंगानाले कपन अनलाइनलाइ जानकारी गराए।

कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले गोकर्णेश्वर नगरपालिका वाड ८ मा बसोबास गर्ने दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएक ३०५ घर परिवारलाई वडा समिति परिचालित भई घर घरमा गइ बिपन्न बर्ग सक्कल रुपमा पहिचान गरि  राहत वितरण गरिएको  वडा सदस्य नन्दलाल श्रेष्ठले बताए   ।राहतमा चामल – ५ किलो , मुसुरोको दाल -१ किलो, चिउरा- १ किलो, चिनी- १ किलो , तेल- आधा लिटर, मसला – १ प्याकेट, नुन – १ प्याकेट, हात धुने साबुन- १ रहेको छ ।

सो राहत वितरण कार्यक्रममा वडा सदस्य नन्द लाल श्रेष्ठ, वडा सदस्य एबम काठमाडौं जिल्ला समन्वय समिति सदस्य सान्नानी लामा , वडाका कर्मचारी वडा सचिब सुदिप हमाल कर्मचारी सुस्मिता लामिछाने,  नवराज श्रेष्ठ, टोल सुधार समितिका पदाधिकारीहरुको उपस्थितिमा राहतको कुपन वितरण गरिएको थियो ।अत्तरखेल युवा समुहका अध्यक्ष सुमन लामा, सचीव दिनेश राई ,बेशी गाउँ युवा समुहका अध्यक्ष कृष्ण प्रसाद नेपाल सदस्य विश्व कार्की र संगम श्रेष्ठ  लगायतले राहतको कुपन वितरण कार्यमा सहयोगी भूमिका खेलेका थिए ।


 

 

 

तपाइँको प्रतिक्रिया ।