गोकर्णेश्वर नगरपालिकामा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरण सम्बन्धी सर्वदलीय बैठक सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरण सम्बन्धी सर्वदलीय बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौं चैत्र २४। गोकर्णेश्वर नगरपालिकामा  विश्वव्यापी महामारीको रूप  फैलिएको कोरोना  भाइरस ‘कोभिड १९’ संक्रमणको जोखिम न्यूनीकरणका लागि नगरपालिकाले गरेका काम र राहत वितरण लगायतको बिषयमा  सर्वदलिय  बैठक सम्पन्न भएको छ ।

गोकर्ण हिल साइड रिसोर्टमा आइतबार नगर प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा बसेको सो  सो बैठकमा संघिय सांसद कृष्ण राइ, गोकर्णेश्वर नगरपालिका  उप प्रमुख शान्ती नेपाल  गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी,  महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्की ,नेपाली सेनाका प्रतिनिधि, नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल ,गोकर्णेश्वर नगरपालिका वडा नं १ देखि ९ सम्मका वडा अध्यक्षहरु नगरपालिकाका शाखा अधिकृत भिम बहादुर शाही, जन स्वास्थ्य अधिकृत हरि प्रसाद उपाध्याय, डा युवराज खरेल नेपाल अर्थोपेडिक अस्पतालका श्याम प्रसाद रुपाखेती ,नेकपा नेता पुण्य प्रसाद चौलागाई , उद्दब बिष्ट ,नेपाली कांग्रेसका श्री कृष्ण ज्योति , बिभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो।

कार्यक्रममा विश्वव्यापी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस  को संक्रमण वाट कसरी सुरक्षित राख्न सकिन्छ र आउँदा दिनहरुमा के कस्तो रणनिती अपनाउने  र  पुर्व तयारीका साथै राहत वितरण लगायतका  विषयमा  छलफल गरिएको थियो ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रसाशाकीय अधिकृत अग्नि प्रसाद अधिकारीले गोकर्णेश्वर नगरपालिकाले कोभिड-१९ नियन्त्रण  सम्बन्धि हाल सम्म गरिएका कार्यहरुक संक्षिप्तमा प्रकाश पारेका थिए। उनले सिमित स्रोतका बाबुजुत पनि गोकर्णेश्वर नगरपालिका कोरोना भाइरस को जोखिम न्यूनीकरण को लागि सक्रिय भएर लागेको बताए ।उनले छोटो अवधिमा धेरै तयारी गरेको  पनि जानकारी गराए ।

उनले गोकर्णेश्वर नगरपालिकामा  नगर प्रमुख सन्तोष  चालिसेको नेतृत्वमा निर्देशक समिति गठन गरिएको,वडा समन्वय समिति गठन त्यसै गरि गोकर्ण प्राथमिक अस्पतालका प्रमुख डा.सृजना पाण्डेयको नेतृत्वमा RRT गठन गरिएको ,नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुको क्षमता मूल्यांकन गरिएको, हाल सम्म नगरपालिकाले बिभिन्न ब्यक्तिहरुसंगको पहलमा ३५ वटा PPE को व्यवस्था गर्न सफल भएको, नगरपालिका भित्रका सबै सरकारी स्वास्थ्य संस्थाहरुलाई पी पी ई (PPE)मास्क ,ग्लोब्स पन्जा उपलब्ध गराएको त्यसै गरि नेपाल अर्थोपेडिक अस्पताल, नेपाल मेडिकल कलेज र प्रस्तावित आइसोलेसन व्यवस्थापनका लागि PPE उपलब्ध गराएको जानकारी गराए।

उनले  गोकर्णेश्वर नगरपालिका भित्र डा. सुवास प्याकुरेलको संयोजकत्वमा स्वास्थ्य तथा  बातावरण शाखा प्रमुख सहित १३ जना डाक्टर सम्मिलित नगरस्तरीय response hotline team  गठन गरि परिचालन गरिएको,त्यसैगरी विदेश बाट आइ गोकर्णेश्वर नगरपालिका मा बसोबास गरेका ब्यक्तिहरुको अभिलेख अध्यावधिक गरिरहेको जानकारी गराए।उनले पोष्टर, पम्प्लेट, फ्लेक्स प्रिन्ट जस्ता जानकारी मुलक सामाग्रीहरु तयार गरि स्वास्थ्य संस्था वडा कार्यलय र समुदायहरुमा बितरण गरिएको पनि जानकारी गराए  ।

 उनले गोकर्णेश्वर नगरपालिका का सबै स्वास्थ्य संस्थाहरुलाई आवश्यक औषधीहरु निरन्तर उपलब्ध गराइरहेको र पर्याप्त मात्रामा औषधी संचित रहेको पनि जानकारी गराए। उनले गोकर्णेश्वर नगरपालिका को सहकार्यमा नेपाल मेडिकल कलेज अत्तरखेलमा ज्वरो क्लिनिकको संचालन भइ आएको र आवश्यकता अनुसार आइसोलेसन बेडको तयारी गरिएको जानकारी गराउदै महिला स्वास्थ्य स्वयम् सेविका, वडा सदस्यहरु र नगरपालिका का कर्मचारीहरु बाट विदेश बाट फर्किएका जनताहरु र नगरबासीहरु संग टेलिफोन मार्फत सम्पर्क गरि जानकारी लिई यस समबन्धमा उठेका जिज्ञासाहरुको निराकरण गरिदै आएको बताए। उनले नगरपालिकाले डिजिटल डाटा सर्वे गरेको हुनाले प्रत्येक नगरबासीको सम्पर्क  नम्बर नगरपालिका संग  भएको पनि जानकारी गराए।

उनले  गोकर्णेश्वर नगरपालिकामा कल सेन्टर को ब्य्वास्था गरी नगरपालिकाको डिजिटल प्रोफाइल को डाटा को प्रयोग गरि प्रत्येक घरपरिवारलाई टेलिफोन मार्फत सम्पर्क गर्ने कार्य भइरहेको जानकारी गराउदै सबै परिवारका सदस्यहरुको स्वास्थ्य समबन्धि जानकारी लिने काम , भर्खरै विदेशबाट फर्किएका ब्यक्तिहरुको लगत संकलन दैनिक ज्यालादारी गर्ने मजदुरहरुको नाम सम्पर्क नं र उनीहरुले गर्ने काम सहितको बिवरण संकलन गरिएको बताए ।

उनले यदि कसैलाई स्वस्थ्य सम्बन्धि कुनै समस्या पारेको खण्डमा इमिडेट एक्सन लिने कार्य गरिएको पनि जानकारी गराए। उनले यदि कसैले कुनै किसिमको सहयोग गर्न चाहेमा सोको बिवरण संकलन गरिएको पनि जानकारी गराए ।उनले राहत वितरणको लागि फारम भरि राहत वितरण गर्न लागिएको पनि जानकारी गराएका थिए ।बैठकमा  वडा अध्यक्षहरुले हाल सबै भन्दा चुनौतीको बिषय भनेको नै राहत वितरण प्रणाली भएको बह्न्दै राहत वितरणलाइ एक द्वार प्रणाली बाट वितरण गर्नुपर्नेमा जोड दिएका थिए।  उनीहरुले लक डाउनलाइ थप प्रभाब कारी बनाइनुपर्नेमा पनि जोड दिएका थिए ।

उनले  विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाइ फैलन नदिनको लागि सबैले  नेपाल सरकारले जारि गरेको लक डाउनको पूर्णपालना गर्नु पर्नेमा जोड दिएका थिए। उनले  जनताको सेवामा खाद्यान्न र अन्य पसलहरु खोल्दा जनस्वास्थ्यमा सचेत हुनुपर्ने  बताउदैअहिले जनतालाई दैनिक उपभोग्य सामाग्री उपलव्ध गराउनका लागि अन्य बैकल्पिक उपाय खोजि गरेर पसलहरुका  सम्पर्क नम्बर सार्वजनिक गरेर आवस्यकताका आधारमा किनमेलको प्रवन्ध गर्नु पर्ने  भन्दै सांसद राईले  अहिलेको विषम परिस्थितिमा अरु अधिकारको खोजि गर्नु भन्दा पनि मानव जीवन रक्षाको अधिकार मुख्य भएको धारणा राखेका थिए ।

मानिसहरुको आवतजावत बढे संगै त्यहा संक्रमणको खतरा हुने हुदा  सबै बिक्रेताहरुको सम्पर्क नम्बर सार्वजनिक गरेर जनप्रतिनिधि,सेना प्रहरी,संचारकर्मी तथा आधिकारिक स्वयंसेवकहरुले सुरक्षा सावधानी अपनाउदै जनतालाई सेवा दिन सक्ने तर्फ ध्यान दिनुपर्ने  बताए ।

 उनले राहत वितरणमा पनि एक द्वार नीति आवलम्बन गर्नु पर्ने भन्दै अहिले धेरैले राहतको वितरण गर्ने भन्दै भिड भाड गरिरहेको भन्दै त्यस्तो काम रोक्नुपर्ने र आवश्यक व्यक्तिलाई सुरक्षित तवरले घर मै गएर राहत वितरण गर्नु पर्नेमा जोड दिएका थिए ।उनले घर भाडामा बस्ने सबै गरिब नभएको तर्फ संकेत गर्दै साच्चिकै का बिपन्न बर्गलाई राहत वितरण गर्नुपर्ने मा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले उपस्थित सबैलाई धन्यवाद दिदै नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि गरीएको प्रयास बारे जानकारी गराएका थिए उनले बागमती प्रदेश सरकारको प्रत्येक प्रदेस सभा निर्वाचन क्षेत्रमा अनुगमन समिति निर्माण तथा विपद व्यवस्थापनमा सहयोग गर्ने निर्णय अनुसार  वडाहरुमा कोरोना संक्रमण रोकथाम तथा राहत वितरणका लागि मुख्य समिती र उपसमितिहरु निर्माण गर्ने  पनि बताए।  साथै प्रदेश सरकार बाट प्राप्त हुने रकमलाइ पनि विपद  व्यवस्थापन कोषमा राखेर कार्य अघि बढाइने बताए उनले बास्तविक पिडितलै नगरपालिकाले राहत उपलब्ध गराउने पनि बताए । उनले लकडाउनलाइ थप प्रभाकारी बनाउनुपर्ने बताउदै  अत्यावश्यक काम बाहेक घर बाहिर कसैलाई  पनि ननिक्लिन अनुरोध गरेका थिए।  बैठकमा डा युवराज खरेलले  प्राप्त PPE को  ड्रेमोस्ट्रेसन  समेत गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।