शंखरापुर नगरपालिकाको विपद व्यवस्थापन कोषमा एकै दिन ६ लाख रुपैया संकलन
कपन अनलाइन
काठमाडौं ,चैत २२।
शंखरापुर नगरपालिकाको विपद व्यवस्थापन कोषमा एकै दिन ६ लाख रुपैया सहयोग जम्मा भएको छ। शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा विपद् व्यवस्थापन कोषमा नगद जिन्सी सहयोग गर्न व्यापारी, संघ संस्था एवं व्यक्तिहरुले सहयोग गरेका थिए।
सो बैठकमा नगरप्रमुख श्रेष्ठले नगरमा वडा स्तरीय सर्वदलीय संयन्त्र मार्फत सिफारिश भएर आएका नामहरुलाई मन्त्रालयको निर्देशन अनुसार राहत वितरण गर्ने प्रक्रिया मिलाउने जानकारी दिएका थिए।नगरपालिकाले कुपन बनाएर वडा वडामा पठाउने र वडामा सर्वदलीय संयन्त्र मार्फत् कुपन वितरण व्यवस्था मिलाएको प्रमुख श्रेष्ठले सो अवसरमा जानकारी दिएका थिए ।
सो बैठकमा उप मेयर शुक्रलक्ष्मी श्रेष्ठले शंखरापुर नगरपालिकाले आव्हान नगर्दासमेत यहाँ रहेका जेसीज, रोटरी र लायन्स क्लबहरुले सहयोग गरिहेको प्रसंग उठाउँदै नगरपालिका विभिन्न संघ संस्था र दाताहरुसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवादत्ता व्यक्त गरेकी थिइन्।
उक्त बैठकमा शंखरापुर उद्योग वाणिज्य संघको तर्फबाट ५० हजार बराबरको जिन्सी सामग्री सहयोग गर्ने वचन दिइएको थियो भने नव सूर्योदय वचत तथा ऋण सहकारी संस्थाले ५० हजार नगद सहयोग, शंखरापुर कृषक समूहका २२ जना सदस्यहरुको तर्फबाट १ दिनको पारिश्रमिक रु ११ हजार दिने प्रतिवद्धता व्यक्त गगरेका थिए ।
साथै बज्रशाली बहुउद्देश्यीय सहकारी संस्थाबाट रु ५१ हजार, साँखु जेसीजबाट ३० हजार, रोटरी क्लबबाट ११ हजार बज्रयोगिनी मसला उद्योगबाट १० हजार, शंखरापुर प्याब्सनबाट ५१ हजार १ सय, निलशारदा वचत तथा ऋण सहकारी संस्थाबाट ११ हजार १ सय ११, शंखरापुर चेम्बर अफ कमर्सको तर्फबाट २५ हजार नगद र १ हजार थान मास्क, पुरुषोत्तम हार्डवेयरबाट १५ हजार प्रदान गरेका थिए
त्यस्तै प्रज्ञापारमिता वचत तथा ऋण सहकारी संस्थाबाट १० हजार, दिलिपकुमार श्रेष्ठबाट १० हजार, नरेन्द्र इन्टरप्राईजेजबाट २१ हजार, शालिनदी यातायात प्रा.लि.को तर्फबाट ५१ हजार, होम नेट नेपालको तर्फबाट २ सय ५० देखि ३ सय जनालाई जिन्सी सहयोग, रुपेशलाल श्रेष्ठबाट ५ हजा ५ सय ५५, नवराज श्रेष्ठबाट ५ हजार ५, सरोज कुइँकेलबाट ५ हजार, सुमन थापाबाट ५१ हजार १ सय १, शारदालक्ष्मी वचत तथा ऋण सहकारी संस्थाबाट १ लाख भन्दा बढी, राजेश श्रेष्ठबाट १० हजार र लावण्य सहकारीबाट ६ हजार रुपैयाँ कोषमा राख्ने प्रतिवद्धता व्यक्त गर्दै दाताहरुले नगरप्रमुख मार्फत् रकम हस्तान्तरण समेत गरेका थिए ।फोटो सौजन्य :अनलाइन लावण्य