नयाँपाटी साकोसले घुम्ती सेवा मार्फत आकस्मिक रक्तदान गर्ने

नयाँपाटी साकोसले घुम्ती सेवा मार्फत आकस्मिक रक्तदान गर्ने

कपन अनलाइन

काठमाडौं चैत्र २२।  गोकर्णेश्वर नगरपालिकामा  २ मा रहेको नयापाटी बचत तथा ऋण सहकारी संस्थाले आकस्मिक  रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

विश्व ब्यापी  महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बाट सुरक्षित रही  साबधानी पुर्वक संक्रमण फैलन नदिई सर्वसाधारणको जिउधनको सुरक्षाका लागि नेपाल सरकारले देश भर पूर्ण रुपमा लक डाउन भएको अवस्थामा रगतको अभाब लाइ मध्यनजर गर्दै  चैत्र २४ गते बिहान १० बजे देखि नयापाटी र सुन्दरीजल क्षेत्रमा घुम्ती सेवा मार्फत रक्तदान कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठले जानकारी गराएका छन ।उनले उक्त कार्यक्रममा रक्तदान गरि सहयोग गरिदिन पनि अनुरोध गरेका छन् ।थप जानकारी को लागि

 9851140425,

9841827940,

9841407980,

9841250547,

9841745679,

9803717200 मा सम्पर्क गर्न सकिन्छ

तपाइँको प्रतिक्रिया ।