आपतकालीन अवस्थामा रहेका भुजेललाई चम्पादेवी गाउँपालिकाको सहयोग
कपन अनलाइन
ओखलढुंगा ,चैत २२।
घाँटीमा हड्डी अड्किएर समस्यामा परेका चम्पादेवी गाउँपालिका वडा नं १ का सन्तोष भुजेललाई चम्पादेवी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष नवराज केसीले शिक्षण अस्पतालमै पुगेर ६ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
श्रीमतीलाई प्रसुति गराउन काठमाडौँ पुगेका भुजेल घाँटीमा हड्डी अड्किएको थियो । एक हप्ता अघि मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएछि उनी टिचिङ अस्पतालमा उपचाररत छन् ।
श्रीमतीलाई प्रसुति गराएपछि लकडाउनमा परेर आफन्तको कोठामा बस्दै आएका सन्तोषले कुखुराको मासु खाने क्रममा हड्डी अड्काएका थिए ।
लामो समयदेखि हड्डी अड्किएको र घाँटी सुन्निएर पीप जमेकाले अस्पतालमा सन्तोषको अप्रेषण समेत हुन सकेको छैन । टिचिङ अस्पतालको शैय्या नं ५२ मा रहेका सन्तोषलाई उपचारका लागि आर्थिक अभाव रहेको भुजेलको उद्दारकर्तामध्येका एक युवराज बस्नेतको भनाई छ । सहयोग गर्ने मनकारी व्यक्तिहरुले स्वयं विरामीलाई नै भेटेर सहयोग गर्न सकिने उनको भनाई छ । सन्तोषलाई सहयोग गर्न चाहनेहरुले युवराज बस्नेतको ९८४३१७८५१९ र भरत खड्काको ९८४१६६८७०६ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
अध्यक्ष केसी संगै गाउँपालिकाका प्रवक्ता प्रवक्ता अजय लुइटेलको पनि उपस्थिति रहेको थियो।