गोकर्ण बचत तथा ऋण सहकारी संस्था द्वारा दैनिक ज्यालादारी गर्ने श्रमिकहरुलाई राहत वितरण

गोकर्ण बचत तथा ऋण सहकारी संस्था द्वारा दैनिक ज्यालादारी गर्ने श्रमिकहरुलाई राहत वितरण

कपन अनलाइन

काठमाडौँ, चैत्र २२ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा रहेको गोकर्ण बचत तथा सहकारी संस्था लिमिटेडले राहत वितरण  गरेको छ  ।

कोभिड–१९ को सङ्क्रमणबाट जोगिनको लागि सरकारले  लागु  गरेको लक डाउनका कारण दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुयाएको भन्दै सहकारी संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नं ४ ,७ र ८ नम्बरमा  रहेका करिब १६० जना दैनिक ज्यालादारी गर्ने श्रमिकहरुलाई राहत उपलब्ध गराएको हो ।चैत्र २१ गते शुक्रबार अपरान्ह २:३० देखि राहत वितरण  गरिएको थियो ।

\

संस्थाका अध्यक्ष रोशन बाबु श्रेष्ठ र गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महतले संयुक्त रुपमा राहत सामग्री हस्तान्तरण गरेका थिए।  राहतमा दाल चामल, नुन, तेल, सोयाविन मस्यौरा साबुन र मास्क वितरण गरिएको थियो ।  लकडाउनको कारण काम काज, पसल, व्यापार निमार्ण कार्य पूर्ण रुपमा प्रभावित भएपछि दैनिक ज्याला मजदुरी गर्ने असहाय गरिव, विपन्न श्रमिक परिवालाई छाक टार्न धौधौ परिरहेको बेला उक्त राहत वितरणले उनीहरुको दैनिक जीवनयापनलाइ केहि भए पनि सहज बनाउने संस्थाले बिश्वास लिएको छ  ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो राहत सामग्री वितरण  गरेको संस्थाका अध्यक्ष रोशन बाबु श्रेष्ठले कपन अनलाइनलाइ बताए। उनले   लक डाउनले सबैभन्दा बढी असर दिनभर काम गरेर साँझ खाने वर्गलाई परेको  हुँदा उनीहरुलाई केहि राहत होस् भनेर सस्थाले कार्यलय प्राङ्गण बाट  राहत वितरण गरेको बताए। उनले संस्थाको तर्फ बाट र सहयोगी दाताहरु बाट संकलित राहत सामग्री वितरण गरिएको बताए।

हामीले उनलाई सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन घोषणा गरेकै बेला यसरी मान्छेको भीड जम्मागरि  कोरोनाको सामान्य सावधानी पनि नअपनाई मान्छे जम्मा गरेर  राहत वितरण किन गरेको भन्ने प्रश्नमा उनले संस्थाले नाम टिपाएर  भिड भाड नगरिकन राहत वितरण गर्ने भनिए पनि  राहत वितरण हुदैछ भन्ने थाहा पाएर धेरै जना एकै चोटी जम्मा भइ दिदा राहत वितरणमा केहि बेर समस्या  आएको बताए।

उनले  प्रहरी र स्थानीयको सहयोगमा दुरी कायम गरेर  राहत वितरण गर्ने काम गरिएको बताए।  उनले राहत वितरण कार्यमा सहयोग गर्ने सहयोगी दाता सुभचिन्तक सबैलाई धन्यवाद दिएका थिए। राहत वितरण कार्यमा संस्थाका कर्मचारी र स्थानीय समाजसेवीको पनि उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।