काठमाडौं महानगरपालिका वडा नं ७ मा राहत वितरण तथा तथ्यांक संकलन जारी

काठमाडौं महानगरपालिका वडा नं ७ मा राहत वितरण तथा तथ्यांक संकलन जारी

कपन अनलाइन 

काठमाडौं ,चैत २१।

काठमाडौं महानगरपालिका वडा नं ७ का विभिन्न स्थानहरुमा राहत प्राप्त गर्ने वडा वासीहरुको तथ्यांक संकलन कार्यलाई द्रुत बनाइएको छ । वडाले आफ्नो क्षेत्रफललाई १२ भागमा विभाजन गरेर स्वयंसेवक परिचालन गरि तथ्यांक संकलन गरिरहेको छ ।

यसै क्रममा   वडा नं  ७ अन्तर्गत गङाहिटिबाट आज शान्तिगोरेटो, गोपिकृष्ण  नगर, बुलबुले, गङाहिटीवासी अति बिपन्न तथा अप्ठ्यारोमा परेका दैनिक ज्यालादारी मजदुरहरुको तथ्रायांक संकलन तथा हत सामग्री बितरण गरिएको थियो ।

सो क्षेत्रका संयोजक वडा सदस्य कृष्णमणि भट्टराईको नेतृत्वमा  वडाका  स्वयंसेवकहरुले सेवा पुर्याउनु पुर्याएका थिए ।

तपाइँको प्रतिक्रिया ।