बागमती प्रदेसका मुख्यमन्त्रीको सचिवालयद्वारा सुरक्षाकर्मीलाई पानी वितरण

बागमती प्रदेसका मुख्यमन्त्रीको सचिवालयद्वारा सुरक्षाकर्मीलाई पानी वितरण

कपन अनलाइन
हेटौंडा, चैत २०।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलेको सचिवालयले हेटौंडाको विभिन्न क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुलाई पानी वितरण गरेको छ ।

बागमती प्रदेश र २ नम्बर प्रदेशको सिमानामा खटिएका मकवानपुरका प्रहरी, रातोमाटे प्रहरी पोष्ट, ट्राफिक प्रहरी कार्यालय,  हेटौंडाका विभिन्न चोकहरुमा कार्यरत प्रहरीहरुलाई सचिवालयले पानी वितरण गरेको मुख्यमन्त्री पौडेलका स्वकिय सचिव अनुप पौडेलले जानकारी दिए  ।लकडाउनका सयमा पसलहरु बन्द भएको स्थितीमा सचिवालयले लकडाउनको समयमा खानेपानीको समयस्या भएपछि पानी बितरण गरिएको पौडेलले बताए  ।

बिहिबार ३०० सय लिटर भन्दा बढि खानेपानी वितरण गरेको सचिवालयले जानकारी दिएको छ । गर्मि मौसम बढ्दै गएको र लकडाउनको समय कायम रहेकोले जनताको सेवामा अहोरात्र खट्ने सुरक्षाकर्मीहरुलाई समस्या नहोस भनेर पानी बितरण गरीएको हो

तपाइँको प्रतिक्रिया ।