लकडाउनको सदुपयोग गर्दै निःशुल्क त्रिवि सेवा आयोग तयारी कक्षा

लकडाउनको सदुपयोग गर्दै निःशुल्क त्रिवि सेवा आयोग तयारी कक्षा

कपन अनलाइन 

काठमाडौं ,चैत १९।
त्रिवि सेवा आयोग तयारी गरिरहेका परीक्षार्थीहरुलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयका उप प्रशासक विष्णु प्रसाद अर्याल, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिलनाथ दंगाल लगायतले निः शुल्क सेवा दिने उद्देश्यले उक्त कक्षा संचालन गरेको बताएका छन।

डा. दंगाल विभिन्न प्राध्यापक संघको पदाधीकारी पदमा रहेर काम गरिसक्नु भएको एक कुशल लेखक र शोधकर्ता पनि हुनुहुन्छ, वहाँका त्रिविमा अध्यापन हुने दर्जनौ पुस्तकहरु प्रकाशित भएका छन्।

भने दैनिक पत्रपत्रिकामा प्रशस्तै लेखहरु पनि छापिएका छन् । कोरोनाको संकटको समयमा मास्कमा कालो बजारी गरेर कमाउनेको भिडमा यसरीे निः शुल्क कक्षा संचालन गरेर उप प्रशासक अर्याल, डा. दंगाल र अन्य शिक्षकहरुले सृजनात्मक काम गरेको र त्यस बाट  आफुहरु लाभान्वित भएको कुरा सहभागीहरुले बताएका छन् ।

त्रिवि बाहेक अन्यत्र कतै पनि कक्षा नलिने र बाँकी समय समाजसेवा, प्राध्यापक, कर्मचारी र त्रिविको उत्थानमा लगाउने विचार बोक्नु भएका डा. दंगाल यो कक्षालाई सहभागीको रुचि अनुसार बढाउन सकिने बताउछन  भने लामो समय देखि त्रिवि कर्मचारीको रुपमा काम गरेको अनुभव बटुल्नु भएको र विश्वविद्यालयमा राम्रो छवि बनाउन सफल उप प्रशासक अर्यालले यो कक्षाको संयोजन गरेका हुन् ।

यो निः शुल्क कक्षामा सहभागी हुनका लागी जुम एप डाउनलोड गरेर हरेक दिन जोडिन सकिने र भिडियो कल बाटै दोहोरो छलफल गरि कक्षा लिन सकिने सञ्चालकहरुको भनाइ छ । यो कक्षा चैत्र १४ बाट सुरु भएको हो ।

यो कार्यक्रममा धेरै परिक्षार्थीहरुले सहभागी जनाएको र सहभागीता बढ्दो क्रममा रहेको साथै छलफललाई रेकर्ड गरेर युट्युबमा पनि राखिएको छ । हालसम्म छ वटा कक्षा सम्पन्न भएको त्रिवि नियम कानुन सँग सम्बन्धी उप प्राशासक अर्याल र सामग्री संकलन, परिक्षा तयारी र परिक्षा लेखन तथा बजेटका बारेमा डा. दंगालले कक्षा सम्पन्न गरिसक्नु भएको छ ।

तपाइँको प्रतिक्रिया ।