कुनै पनि स्वास्थ्य संग सम्बन्धित जिज्ञासा भए तत्काल सम्पर्क गर्नुहोस : डा.सुवास प्याकुरेल

कुनै पनि स्वास्थ्य संग सम्बन्धित जिज्ञासा भए तत्काल सम्पर्क गर्नुहोस : डा.सुवास प्याकुरेल

कपन अनलाइन

काठमाडौं चैत्र १९ गोकर्णेश्वर नगरपालिकाका प्रमुख  तथा कोरोना भाइरस (कोभिड -१९) जोखिम न्यूनीकरण निर्देशक समिति संयोजक सन्तोष चालिसेको अध्यक्षता मा मंगलबार  निर्देशक समितिको बैठक सम्पन्न भएको छ ।उक्त बैठकमा  नगरस्तरीय कोभिड-१९ नियन्त्रण  सम्बन्धि हाल सम्म गरिएका कार्यहरुको समिक्षा तथा भाबि योजना सम्बन्धि छलफल गरिएको थियो ।

बैठकमा गोकर्णेश्वर नगरपालिका भित्र  डा. सुवास प्याकुरेलको संयोजकत्वमा स्वास्थ्य तथा  बातावरण शाखा प्रमुख सहित १३ जना डाक्टर सम्मिलित नगरस्तरीय response hotline teamको संयोजकको रुपमा बोल्दै डा सुवास प्याकुरेलले उक्त हटलाइनमा गठन गरे पछि धेरैले कल गरेको बताए। उनले आफुले मात्र २ सय भन्दा बढी कल उठाएको र धेरै जनताले सो बाट सेवा प्राप्त गरेको जानकारी गराए। उनले १३ जनै डाक्टर को नम्बर सर्कुलेट गरे पछि आम जनतामा आत्मविश्वासको संचार भएकको पाइएको बताए।

।उनले सो हटलाइनमा धेरैले मलाई ज्वोरो आको जस्तो भयो  कोरोनाको लक्षण हो कि भनेर सोध्ने धेरै  भएको बताए, भने अर्को चाहि हाल धेरै अस्पतालको नियमित सेवा अवरुद्द भएको हुँदा अप्रेसन गर्नुपर्ने हुन्छ त्यो डाक्टर संग अप्रोच हुदैन अनि आफुहरुलाई समन्वय गराइदिनु भनेर पनि कल आउने गरेको हुँदा त्यस्तालाई आफुहरुले सहजीकरण पनि गरिरहेको बताए  ।उनले सम्पूर्ण जनप्रतिनिधिहरुको सक्रियता पनि असाध्यै राम्रो पाएको  पनि बताए । नगरपालिकाले घर घरमा फोन गरिकन स्वस्थ्य अवस्था बुझ्ने काम एकदमै सराहनीय कदम भएको पनि बताए।  उनले नगरपालिकाले विदेश बाट आएका व्यक्तिको बिवरण र सम्पर्क नम्बर पाएपछि  सम्पर्क भएका करीब २७ जनालाई कल गरेर स्वस्थ्य अवस्थाको बारेमा बुझेको पनि बताए। उनले एउटा स्ट्यान्डर्ड फर्म नै बनाएर सोधपुछ र स्वस्थ्य अवस्थाको बारेमा अभिलेख राखेको पनि जानकारी गराए  उनले सो काममा वडा अध्यक्षहरुको भूमिका उत्कृष्ट रहेको पनि बताए।

गोकर्णेश्वर नगरपालिकाले अस्पतालहरु संग राम्रो समन्वय भएको पनि बताए । उनले आफ्नो एरियामा नै डाक्टरहरु काम गर्नुपर्छ भन्ने संदेश पनि गएको बताए।  उनले चाबहिलमा काम गर्ने डाक्टर क्रितिपुर बस्छ भने त्यो डाक्टरले क्रितिपुर तिरै सेवा दिन सक्ने बातावरण बनाउन सक्यो भने स्थानीय समुदाय संग भिज्ने र सेवा प्रदान गर्न सजिलो हुने पनि बताए ।   उनले लोकल डाक्टरले लोकल लेभल मै सर्भिस दिनुपर्छ भन्ने मान्यता समेत स्थापित भएको बताए। उनले सवास्थ्यकर्मीहरुलाई प्रोत्साहित गर्नु पर्ने मा पनि जोड दिएका थिए। उनले यतिबेला समजना एकजुट हुनुपर्नेमा जोड दिदै कुनै पनि स्वस्थ्य समस्या परेमा नगरपालिकाको नगरस्तरीय response hotlineमा सम्पर्क गर्न अनुरोध गरेका थिए।

१)डा. सुवास प्याकुरेल हेल्थ कन्सर्न (९८५१११५३०६)९८४१४८५६०३

२) डा.सतीश कुमार देब( त्रि.बी शिक्षण अस्पताल) ९८५१११०५९९

३) डा. सन्तोष गौतम( किष्ट मेडिकल कलेज) ९८५११८५३७५

 ४)डा. पवनराज चालिसे (त्रि.बि  शिक्षण अस्पताल) ९८५१०६७९८०

 ५ )डा.युवराज खरेल (नेपाल अर्थोपेडिक अस्पताल) ९८५१०६१३७८

 ६) डा. रमेश ढकाल (शंखरापुर अस्पताल )९८५१०६९९४५

 ७) डा. उर्मिला भारती (नेपाल मेडिकल कलेज)९८६३२७७७९२

 ८)डा. समिर थापा  (नेपाल मेडिकल कलेज) ९८६३२७७७९८

 ९ )डा.विदुर बराल (बिर अस्पताल )९८५११४८१४५

 १० )  डा. लक्ष्मी अवाल  ९८५११०७३४२

 ११) डा. बिनोद कुमार दाहाल ९८५११०२६२६

 १२)हरि प्रसाद उपाध्याय  गोकर्णेश्वर  नगरपालिका स्वास्थ्य शाखा प्रमुख (९८४१३९१०००)

 १३) डा. सृजना पाण्डेय प्रमुख गोकर्णेश्वर प्राथमिक अस्पताल ९८४९०२२८१५ मा  कुनै पनि स्वास्थ्य सम्बन्धि जिज्ञासा  समस्या भएमा माथि उल्लेखित नम्बरमा सम्पर्क गर्न सकिने पनि बताए  ।

तपाइँको प्रतिक्रिया ।