गोकर्णेश्वर नगरपालिका कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि सक्रिय भएर लागेको छ :प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी

गोकर्णेश्वर नगरपालिका कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि सक्रिय भएर लागेको छ :प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी

कपन अनलाइन

काठमाडौँ, चैत्र १९ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख  तथा कोरोना भाइरस (कोभिड -१९) जोखिम न्यूनीकरण निर्देशक समिति संयोजक सन्तोष चालिसेको अध्यक्षता मा मंगलबार  निर्देशक समितिको बैठक सम्पन्न भएको छ ।उक्त बैठकमा  नगरस्तरीय कोभिड-१९ नियन्त्रण  सम्बन्धि हाल सम्म गरिएका कार्यहरुको समिक्षा तथा भाबि योजना सम्बन्धि छलफल गरिएको थियो ।

उक्त बैठकमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले  गोकर्णेश्वर नगरपालिकाले कोभिड-१९ नियन्त्रण  सम्बन्धि हाल सम्म गरिएका कार्यहरुक संक्षिप्तमा प्रकाश पारेका थिए। उनले सिमित स्रोतका बाबुजुत पनि गोकर्णेश्वर नगरपालिका कोरोना भाइरस को जोखिम न्यूनीकरण को लागि सक्रिय भएर लागेको बताए ।उनले छोटो अवधिमा धेरै तयारी गरेको  पनि जानकारी गराए ।

उनले गोकर्णेश्वर नगरपालिकामा  नगर प्रमुख सन्तोष  चालिसेको नेतृत्वमा निर्देशक समिति गठन गरिएको,वडा समन्वय समिति गठन त्यसै गरि गोकर्ण प्राथमिक अस्पतालका प्रमुख डा.सृजना पाण्डेयको नेतृत्वमा RRT गठन गरिएको ,नगररपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुको क्षमता मूल्यांकन गरिएको, हाल सम्म नगरपालिकाले बिभिन्न ब्यक्तिहरुसंगको पहलमा ३५ वटा PPE को व्यवस्था गर्न सफल भएको, नगरपालिका भित्रका सबै सरकारी स्वास्थ्य संस्थाहरुलाई पी पी ई (PPE)मास्क ,ग्लोब्स पन्जा उपलब्ध गराएको त्यसै गरि नेपाल अर्थोपेडिक अस्पताल, नेपाल मेडिकल कलेज र प्रस्तावित आइसोलेसन व्यवस्थापनका लागि PPE उपलब्ध गराएको जानकारी गराए।

उनले  गोकर्णेश्वर नगरपालिका भित्र डा. सुवास प्याकुरेलको संयोजकत्वमा स्वास्थ्य तथा  बातावरण शाखा प्रमुख सहित १३ जना डाक्टर सम्मिलित नगरस्तरीय response hotline team  गठन गरि परिचालन गरिएको,त्यसैगरी विदेश बाट आइ गोकर्णेश्वर नगरपालिका मा बसोबास गरेका ब्यक्तिहरुको अभिलेख अध्यावधिक गरिरहेको जानकारी गराए।उनले पोष्टर, पम्प्लेट, फ्लेक्स प्रिन्ट जस्ता जानकारी मुलक सामाग्रीहरु तयार गरि स्वास्थ्य संस्था वडा कार्यलय र समुदायहरुमा बितरण गरिएको पनि जानकारी गराए  ।

 उनले गोकर्णेश्वर नगरपालिका का सबै स्वास्थ्य संस्थाहरुलाई आवश्यक औषधीहरु निरन्तर उपलब्ध गराइरहेको र पर्याप्त मात्रामा औषधी संचित रहेको पनि जानकारी गराए। उनले गोकर्णेश्वर नगरपालिका को सहकार्यमा नेपाल मेडिकल कलेज अत्तरखेलमा ज्वरो क्लिनिकको संचालन भइ आएको र आवश्यकता अनुसार आइसोलेसन बेडको तयारी गरिएको जानकारी गराउदै महिला स्वास्थ्य स्वयम् सेविका, वडा सदस्यहरु र नगरपालिका का कर्मचारीहरु बाट विदेश बाट फर्किएकाजनताहरु र नगरबासीहरु संग टेलिफोन मार्फत सम्पर्क गरि जानकारी लिई यस समबन्धमा उठेका जिज्ञासाहरुको निराकरण गरिदै आएको बताए। उनले नगरपालिकाले डिजिटल डाटा सर्वे गरेको हुनाले प्रत्येक नगरबासीको सम्पर्क  नम्बर नगरपालिका साँगा भएको पनि जानकारी गराए।

उनले  गोकर्णेश्वर नगरपालिकामा कल सेन्टर को ब्य्वास्था गरी नगरपालिकाको डिजिटल प्रोफाइल को डाटा को प्रयोग गरि प्रत्येक घरपरिवारलाई टेलिफोन मार्फत सम्पर्क गर्ने कार्य भइरहेको जानकारी गराउदै सबै परिवारका सदस्यहरुको स्वास्थ्य समबन्धि जानकारी लिने काम , भर्खरै विदेशबाट फर्किएका ब्यक्तिहरुको लगत संकलन दैनिक ज्यालादारी गर्ने मजदुरहरुको नाम सम्पर्क नं र उनीहरुले गर्ने काम सहितको बिवरण संकलन गरिएको बताए ।

उनले यदि कसैलाई स्वस्थ्य सम्बन्धि कुनै समस्या पारेको खण्डमा इमिडेट एक्सन लिने कार्य गरिएको पनि जानकारी गराए उनले यदि कसैले कुनै किसिमको सहयोग गर्न चाहेमा सोको बिवरण संकलन गरिएको पनि जानकारी गराए ।उनले  गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षत्री र वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले स्वास्थ्य सेवा लिन आवश्यक भएको खण्डमा सम्पूर्ण वडा बासिहरुलाई आ आफ्नो गाडीको व्यवस्था गरेको सुचना जारि गरेको पनि जानकारी गराए।उनले नगरका बिभिन्न स्थान मा किटनाशक औषधी छर्कने कार्य पनि गरेको जानकारी गराए ।

 उनले गोकर्णेश्वर नगरपालिकाले कोभिड -१९ नियन्त्रणका लागि अब गर्नु पर्ने कार्यहरुको समेत जानकारी गराएका थिए उनले विपद व्यवस्थापन कोष स्थापना , लकडाउन लाइ थप प्रभावकारी बनाउनुपर्ने , PPE .IRT र N-95मास्क बारे व्यवस्थापनको लागि समन्वय गर्नुपर्ने ,कोभिड-१९ को केस भेटिएमा उपचार आइसोलेसन सम्म कसरी लाने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको सुरक्षाको  योजना  बनाउनु पर्ने,श्रमजीवि को लागि राहतको व्यवस्था,उपचारको लागि जनशक्तिको व्यवस्थापन, आइसोलेसनमा रहेकाको लागि खानको व्यवस्थापन,जनताको आवतजावत बारे अति आवश्यक काम बाहेक अन्यमा कडाइ गर्न निर्देशन र बिभिन्न ब्यक्ति वा संस्था द्वारा प्राप्त राहत सामग्री वितरणमा एकद्वार प्रणालीको विकास गर्नु पर्ने सुझाब दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।