काठमाडौंको नदी उदगम् !
कपन अनलाइन
काठमाडौं, चैत ७/बालकृष्ण दंगाल/ कविता
बाग्मतीको शिरमा रहिन ति सुन्दरीमाई ।
पालन पोषण गरी देऊ है देशवासीलाई ।।
बागद्वारबाट निस्किएर बाग्मती भईन् ।
सबको पाप पखाल्छु म भन्ने बात कहिन् ।।
सुन्दरीजल भन्दा पनि मनै अति चङ्गा ।
घरपिच्छेको ट्वाईलेट हाल्छन् परें म त दंङ्ग ।।
माथी प¥यो सुन्दरीजल उत्तगमा तल ।
सफा पानी छैन कँहीं मिसाईदिए ढल ।।
ट्वाईलेट जती सबै ठाउँको हाले गंगातिर ।
गंगाजिमा हात चोप्न लाग्छ साह्रै पिर ।।
बाग्मती नुहाएमा पाप पखालिने ।
श्री पशुपति भोले नाथले बरदान दिने ।।
शिवजिलाई चढाउँन सफा जल छैन् ।
टाढाबाट ल्याउनलाई सम्भव पनि छैन् ।।
जहाँ हे¥यो फोहोरमैला खटाउँदैछन् काममा ।
रकम उठ्छ दिनदिनै शिबजीको नाममा ।।
उठाएको रकमजति कहाँगयो खोई ।
भोलेबाबा बस्नु प¥यो दिन रात रोई ।।
धर्म–कर्म सबै त्यागे विदेशीको भरमा ।
दुःख पिढा बढ्न लाग्यो नेपाल जस्तो देशमा ।।
गंगाजीमा पुगेपछि नुहाउनै पर्ने ।
हात चोप्न नसक्ने भयो अव कसो गर्ने ।।
पहिला–पहिला बाग्मतीमा अति शुद्ध जल ।
अहिले आई बाग्मतीमा मिसाई दिए ढल ।।
फोहोरमैला दुर्गन्धित सबै राख्ने खोला ।
श्री पशुपति भोले बाबा रून लागे होला ।।
त्यस्तो पिडा निकायले हेरिदिनु पर्ने ।
निकायनै निदाएछन् अव कसो गर्ने ।।
समितिको काम के हो थाहै छैन अनी ।
श्रद्धा गर्दा पैसा माग्छन् सरसफाईलाई भनि ।।
उत्तरगया भन्छन् हरे नाली मिसाउने ।
के को लागी पैसा भन्दा समिती रिसाउने ।।
एकदिन घुम्न गयौं विष्मुमती खोला ।
त्यहाँ त्यस्तै फोहोरमैला सफा कहाँ होला ।।
विष्णुजिको शिरमा रहेछ अति उत्तम जल ।
सारानाली मिसाई दिए पाऊको अली तल ।।
अर्को दिन घुम्न गयौं रूद्रमती खोला ।
त्यहाँ त्यस्तै फोहरमैला अन्त कस्तो होला ।।
जताततै फोहर मैला रोगब्याधिको डर ।
सधैं सफा राख्ने गरौं कुलेसा र घर ।।