विश्वासको विस्कुन !
कपन अनलाइन
काठमाडौं, चैत ८/ गुणराज पोखरेल/ कविता
आफ्नै मनको आँगनभरी सुकाएर
विश्वासको विस्कुन
सत्र परेछ भंगेरालाई,
अरुको दुःख टिप्न पल्केकाहरु
गोठालो विस्कुनको रास छेउ कुण्ठा निल्दै सुनायो
“गन्नै नसकिने”
हेर्ने मात्रै नदेख्ने गोठालो
तापिलो रापिलो घाम
नेटो काटेर डाँडामा डुबुल्की मार्ने बेला
विश्वासमा ओस लागेछ
सुकाउने र उठाउने क्रमिक नियति विश्वासको
“कस्तो चर्को घाम”
गोठालाको छटपटाहट आवाज फुत्त फुत्कियो
जान्नेले भन्थे “आँगनको विस्कुन पालिको भंगेरा,
धपाउनु कति करेशाको भुत”
नियति,
आफन्त जो थियो भुत भयो
जो भुत भयो आफन्त थिएन !!
(तामाकोशी गाउँपालिका–४ मालु, दोलखा, हालः काठमाडौं)
तपाइँको प्रतिक्रिया ।