चम्पादेवि गाउँपालिकामा निशुल्क दन्त शिविर सञ्चालन

चम्पादेवि गाउँपालिकामा निशुल्क दन्त शिविर सञ्चालन

कपन अनलाइन

ओखलढुंगा  ,चैत ४ ।

चम्पादेवि गाउँपालिकाकाे आयाेजना प्रदेश सरकार र पुर्वाञ्चल हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा  चम्पादेवि गाउँपालिकाकाे वडा नम्बर ६ घाेराखाेरिमा  निशुल्क दन्त  शिविर सञ्चालन गरेको छ ।

गाउँपालिका अध्यक्ष नबराज केसीकाे अध्यक्षता तथा प्रदेश राज्य मन्त्री जसमाया गजमेरकाे प्रमुख अतिथ्यता र प्रदेश (ख )माेहन कुमार खड्काकाे विशेष आतिथ्यतामा  कार्यक्रम भएको हाे ।
गाउँपालिका भित्र रहेका जेष्ठ नागरिक तथा आम नागरिकको दात सम्बन्धि सम्पूर्ण उपचार गरिएको गाउँपालिका अध्यक्ष नबराज केसीले वताए । चम्पादेवि गाउँपालिकाले हरेक समय र परिवेश अनुसार जनताका निमित्त सेवा र सुबिधाहरु दिदै आएकाे वताउदै अध्यक्ष केसीले दुई  दिने  निशुल्क दात झिक्ने तथा दात राख्ने काम हुने भन्दै सबै जन्तालाई उक्त सेवा लिनका लागि अनुरोध गरेका छन् ।अध्यक्ष केसीले ५ गते र ६ गते पलापु मा पनि उक्त सेवा सञ्चालन हुने भएकोले पायक पर्ने मानिसहरूले पलापुमा समेत गएर भर्पुर सेवा लिन अनुरोध गरेका छन्  ।  उनले चम्पादेवि गाउँपालिकाले स्वास्थ्यमा नमुना काम गरेको वताउदै जनताको  सेवाका लागि आफु  सधै लागि पर्ने वताए ।
शिविरको  पहिलो दिन करिब ४५४ जनाले सेवा लिनु भएको छ भने जस्मध्ये पुरै दात लगाउनेमा ४० जना रहेको  गाउँपालिकाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।