ट्राफिक प्रहरीद्वारा नमस्कार अभियान शुरु
कपन अनलाइन
काठमाडौँ ,चैत ४ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’अभियान शुरु गरेको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिठ्ठिफुकेर लखेट्ने ट्राफिक प्रहरी अब भिन्न भुमिकामा देख्न पाईन्छ । सडकमा तैनाथ ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकलाई कारवाहीगर्नुभन्दा पहिले नमस्कार गर्दछन् । त्यसपछि आवश्यकता अनुसार कानुन कार्यान्वयनका लागि कारवाही गर्दछन् नत्र सम्झाइ बुझाइ गर्दछन र ट्राफिक नियम पालनामा सर्तक रही प्रवृत्तिको विकास गर्न सुझाउँदछन् ।
ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एक आपसमा आत्मीयता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार शुरूवात गरका हौं’,महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले भने -‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एक आपसमा श्रद्धासमेत बढ्नेछ ।’ यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उनको भनाइ छ ।