दिगो विकासको लक्ष्यलाई पुरा गर्न सबैले एकजुट भएर लागौ :शिवसुन्दर राज बैध (प्रमुख ,जिसस काठमाडौं )

दिगो विकासको लक्ष्यलाई पुरा गर्न सबैले एकजुट भएर लागौ :शिवसुन्दर राज बैध (प्रमुख ,जिसस काठमाडौं )

कपन अनलाइन

काठमाडौं ,फागुन ३०।

जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख  शिव सुन्दर राज बैधले  दिगो विकासको लक्ष्यलाई पुरा गर्न सबैले एकजुट भएर लाग्नु पर्ने बताएका छन।

टोखा नगरपालिकाको भवन शिलान्यास तथा साक्षर नगर घोषणा  कार्यक्रममा बोल्दै बैधले २०३० सम्मको नीति अनुरुप यो नगरपालिकाले साक्षर घोसणा गरेकोमा धन्यवाद दिदै  पूर्ण साक्षरता मात्र नभई शिक्षित बनाउन आग्रह गरेका थिए।

बैधले  साक्षर घोषणा गर्नको लागि टोखा नगरपालिका सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधि तथा विभिन्न निकायलाई धन्यवाद दिदै  नेपाल सरकारले शिक्षा मात्र नभई ब्यबसायिक शिक्षाको नीति लिएर अगी बढेको  बताएका थिए ।

बागमती प्रदेशका १३ जिल्ला मध्ये १२ वटा जिल्ला साक्षर घोषण भएको जानकारी दिदै उनले  आगामी  बैशाख १२ गते बागमती प्रदेशलाई  साक्षर प्रदेश घोषणा गर्ने योजना रहेको जानकारी दिएका थिए।

गोकर्णेश्वर नगपालिका र  काठमाण्डौ महानागरपालिका  साक्षर घोसणा गर्न बाँकि रहेको बताउदै  चैत्रको  पहिलो देखि दोश्रो हप्ता सम्ममा  बाँकि नगरपालिका पनि साक्षर घोसणा गरिने उनले जानकारी दिएका थिए ।

प्रशासनिक कार्य संचालनको लागि, सुशासन दिनको लागि भवन आबश्यक रहेकोमा शिलान्यास भएको नगरपालिकाको भवन पनि समयमा निर्माण सम्पन्न होस् भन्ने शुभकामना दिदै प्रमुख बैधले सुशासनको लागि आफ्नो  भवन आबश्यक भएको भन्दै  जिल्ला समन्यव समितिको आर्थिक सहयोगको प्रतिबद्धता जनाएका थिए ।

तपाइँको प्रतिक्रिया ।