शैक्षिक सत्र २०७६ को बार्षिक परिक्षा चैत्र ५ गते भित्र सम्पन्न गर्न सबै बिध्यालयलाइ प्याब्सनको अनुरोध

शैक्षिक सत्र २०७६ को बार्षिक परिक्षा चैत्र ५ गते भित्र सम्पन्न गर्न सबै बिध्यालयलाइ प्याब्सनको अनुरोध

कपन अनलाइन

काठमाडौँ, फागुन २१। निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको संक्रमण फैलने सक्ने संभावनालाई मध्यनजरमा राख्दै सबै विद्यालयहरुले शैक्षिक सत्र २०७६ को (कक्षा–९ सम्मका) वार्षिक परीक्षा २०७६ चैत्र ५ गतेभित्र सम्पन्न गर्न  सदस्य विद्यालयहरुलाई अनुरोध गरेको छ   ।

मंगलबार सूचना जारी गर्दै प्याब्सनले विद्यालयहरुले आयोजना गर्ने वार्षिक कार्यक्रम अभिभावक दिवस, सामुहिक छलफल, अन्तरक्रिया जस्ता जनभेला हुने कार्यक्रमहरु समेत स्थगन गर्न प्याब्सनले अनुरोध गर्नु को साथै कोरोना भाइरसका सम्बन्धमा जनचेतानामुलक कार्यक्रमहरु सञ्चालन गर्न पनि अनुरोध गरिएको छ ।

कोरोना भाइरसको त्रासका कारण यस्तो निर्णय लिएको प्याब्सनले जनाएको छ ।विद्यालय क्षेत्र बढी मात्रामा सर्वसाधारण आवतजावत हुने क्षेत्र भएकाले विद्यालयहरु संवेदनशील र सचेत हुनुपर्ने प्याब्सनको भनाई रहेको छ  ।विश्वभर फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै वार्षिकोत्सव तथा अन्य कार्यक्रम स्थागित गर्न प्याब्सनले विद्यालयलाई सूचित गरेको हो  ।

तपाइँको प्रतिक्रिया ।