प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिगौंला प्रत्यारोपण
कपन अनलाइन
काठमाडौँ फागुन १८ । लामो समयदेखि मिर्गौलाको डायलासिस गराउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।
प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण हुने स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि लामो समयदेखि अध्ययन र परामर्श जारी राखिएको थियो ।
तपाइँको प्रतिक्रिया ।