काठमाडौं क्षेत्र नं ५ प्रदेस ख का विकास योजनाहरुको समिक्षा बैठक सम्पन्न

काठमाडौं क्षेत्र नं ५ प्रदेस ख का विकास योजनाहरुको समिक्षा बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौं ,माघ २५ ।

काठमाडौं क्षेत्र नं ५ प्रदेस ख बाट निर्वाचित बागमती प्रदेशका  प्रदेस सभा सदस्य  दिपक निरौलाले आफ्नो निर्वाचन क्षेत्रमा चालु रहेका र सम्पन्न भएका योजनाहरुका वारेमा आफ्नो क्षेत्र भित्र रहेका स्थानीय तहका प्रतिनिधिहरु संग समिक्षा बैठक गरेका छन।

बसुन्धरामा रहेको सिमा पार्टी प्यालेसमा भएको सो समिक्षा बैठकमा बुढानिलकण्ठ नगरपालिकाकी उप प्रमुख रमा राई सहित  वडा नं ३,४,५,६,७, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल सहित वडा नं २,३,४,५,६,७र काठमाडौं महानगरपालिका वडा नं ३ का जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।

संघीय सरकार ,प्रदेस सरकार र स्थानीय सरकारहरु विचमा उचित समन्वय र संचार नहुदा योजना हरुको अवस्था र कार्यन्वयनमा समस्या देखापरिरहेको समयमा प्रदेस सभा सदस्यको संयोजनमा निर्वाचन क्षेत्रमा संचालित योजनाहरु तथा आगामी कार्यक्रमको वारेमा छलफल गर्ने पहल गरिएकोमा खुसि व्यक्त गर्दै स्थानीय तहका जनप्रतिनिधिले आफ्ना काम र समस्यका वारेमा जानकारी गराएका थिए ।

उक्त समिक्षा बैठकको शुभारम्भ गर्दै प्रदेस सभा सदस्य निरौलाले आफ्नो निर्वाचन क्षेत्रमा संचालित योजनाहरुको अवस्था ,समस्या र आगामी दिनमा गर्नुपर्ने पहलका वारेमा जानकारी गराउदै त्यसमा स्थानीय तहको भूमिका र जिम्मेवारीका वारेमा छलफल गरेका थिए।

बुढानिलकण्ठ र टोखा नगरपालिकालाई प्राकृतिक र सांस्कृतिक पर्यटन मार्फत जोड्ने अभियान चरणवद्ध रुपमा संचालन गर्दै आएका प्रदेस सभा सदस्य निरौलाले आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार विकास र अन्य कार्यक्रममा ५० लाख माथिका करिव तिन दर्जन आयोजना चालु रहेको जानकारी दिदै तिनको प्रभावकारी संचालन र विकासमा स्थानीय तहले खेल्नुपर्ने भूमिका र लिनुपर्ने सक्रियताका वारेमा निर्देशन समेत दिएका थिए।

काठमाडौं उपत्यकाका उत्तरी भेगमा रहेका बुढानिलकण्ठ ,टोखा र तारकेश्वर नगरपालिकाको फोहोर मैला व्यवस्थापनका लागि दिर्घकालिन समाधान खोज्ने क्रममा उचित स्थानमा ल्याण्ड फिल्ड साइटको लागि जग्गा खोजि  भैरहेको र सो व्यवस्थापन भए पश्चात अत्याधुनिक उपकरण सहितको ल्याण्ड फिल्ड साइट निर्माण गरिने जानकारी दिएका थिए।

त्यस्तै प्रदेस सभा सदस्य निरौलाले आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधिहरुको समस्या र सुझाव सुन्दै तिनको समाधान र कार्यन्वयनका लागि संघीय सांसद नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल र आफ्नो निर्वाचन क्षेत्रमा रहेका स्थानीय तह विच समन्वय गर्दै ठुला र दुरगामी महत्वका योजना संचालनमा जोड दिने बताएका थिए।

ठुला र महत्वपूर्ण योजना निर्माण र संचालनमा प्राथमिकता

सो समिक्षा बैठकमा केहि महत्वपूर्ण र ठुला आयोजनाको निर्माण र क्षेत्रमा रहेका केहि विशेष योजनका वारेमा पनि गहन छलफल भएको थियो ।

ति योजनाहरुमा बुढानिलकण्ठ र टोखा नगरपालिकाका छाडा चौपायाहरुको व्यवस्थापनका लागि कान्जी हाउस निर्माण ,आइतवारे पार्क निर्माण ,विष्णुमति कोरिडोर तथा बस्ति व्यवस्थापनका वारेमा पनि छलफल भएको थियो ।

त्यस्तै लामो समय देखि अनिर्णयको सिकार बनेर बसेका बुढानिलकण्ठ मन्दिर क्षेत्रका स्थानीयहरुको समस्याका वारेमा पनि छलफल भएको थियो भने बुढानिलकण्ठ वडा नं ३ को भवन निर्माण , टोखा र बुढानिलकण्ठमा खेल मैदान ,संग्रहालय निर्माण,बसपार्क व्यवस्थापन  आदिका वारेमा पनि छलफल गरिएको थियो ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।