लिबर्टी एकेडमी गोकर्णेश्वर ८ द्वारा आयोजित अन्तर बिद्यालय स्तरीय जिल्ला ब्यापी दोस्रो लिबर्टी कप सेभेन ए साइड छात्र/छात्रा फुटबल प्रतियोगिता आज बाट सुरु
कपन अनलाइन
काठमाडौँ, माघ २४। गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा संचालित लिबर्टी एकेडेमी द्वारा आयोजित अन्तर बिद्यालय स्तरीय जिल्ला ब्यापी दोस्रो लिबर्टी कप सेभेन ए साइड छात्र/छात्रा फुटबल प्रतियोगिताको आज बाट शुरु भएको छ।अत्तरखेल शिवपुरी चोक स्थित खेल मैदानमा आज एक समारोहका बीच प्रतियोगिताको उद्घाटन भएको हो।
उक्त प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना रहेका थिए भने बिशेष अतिथिको रुपमा प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठ, निसान का महासचिब एबम गोकर्णेश्वर लाइट एकेडमीका प्रिन्सिपल सौर्य नाथ आचार्य, निसान उपाध्यक्ष एबम चार्ल्स डार्बिन स्कुलका प्रिन्सिपल युवराज काफ्ले,निसानका कोषाध्यक्ष एबम जिवनताराका भाइस प्रिन्सिपल नवराज सापकोटा लिबर्टी एकेडेमी तथा बिध्यालय व्यवस्थापन समितिकि अध्यक्ष पुष्पा प्रधान ढकाल,महानगरीय प्रहरी प्रभाग गोकर्णका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनी, तोयाकन नेपाल बादोरियो संघ तथा युवा समाजसेवी संजय लामा नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष एबम युवा समाज सेवी राजु सुनार अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामा कार्यक्रम संयोजक एबम अत्तरखेल युवा समाजका सचिब दिनेश राइ तोयाकान नेपाल करातेका प्रमुख प्रशिक्षक अरुण कार्की जीवनतारा एकेडमीका प्रिन्सिपल, अमर गिरि लगायत बिभिन्न बिध्यालयका प्रिन्सिपल शिक्षक प्रतिनिधि खेलाडी तथा खेल प्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता लिबर्टी स्कुल कलेजका प्रिन्सिपल तथा राष्ट्रिय संस्थागत बिध्यालय संघ निसानका केन्द्रीय अध्यक्ष ओम प्रसाद ढकालले गरेका थिए ।प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगानाले एक मिनेट नेपालको राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको उद्घाटन गरेका थिए।कार्यक्रममा लिबिर्टी स्कुलका शिक्षक अनुप राउतले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गरेका थिए।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठले आयोजकलाइ धन्यबाद दिदै प्याब्सन अन्तर्गतको क्लस्टरमा रहेको निसानले बिभिन्न कार्यक्रम गर्दै आएको बताए। उनले लिबर्टी स्कुलले बिद्यार्थीहरुको खेल प्रतिको अभिरुचिलाई मध्यनजर गर्दै फुटबल प्रतियोगिता आयोजना गरेकोमा सो प्रतीयोगीता सफलताको शुभकामना ब्यक्त गरेका थिए ।प्याब्सनले बिद्यार्थी को गुणस्तरीय शिक्षा संगै बिद्यार्थीलाई चाहिने चौतर्फी बिकासको बारेमा पनि सोच्दै आएको र त्यसै अनुरुप बिद्यार्थीको सामाजिक , शाररिक मानसिक विकासको अभिवृद्धिको लागि आउटडोर गेम, इसिए लगायत विविध कार्य गर्दै आएको पनि बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगानाले आयोजकलाइ धन्यबाद दिएका थिए उनले प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गर्दै यस्ता प्रतियोगिताले विद्यार्थी बीच आपसी भाइचारा तथा मित्रता विकास हुने र बिध्यालयहरु बीच एक आपसमा संस्थागत सम्बन्ध विस्तार हुने पनि बताए । बिद्यार्थीहरु शारीरिक रुपमा स्वास्थ्य नभएसम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारण पनि बिभिन्न प्रतियोगिता उनीहरुको लागी अति आवश्यक भएको बताए । बिद्यार्थीहरुमा लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउन र उनीहरुलाई सभ्य, अनुशासित एवम् ईमान्दार बनाउन खेलकुदको महत्वपुर्ण भुमिका रहने बताए । ‘‘खेलकुदका माध्यमबाट खेलाडीले अन्तराष्ट्रिय स्तरमा नै आफ्नो ठाउँलाई परिचीत गराउन सक्छन ’ उनले भने। गोकर्णेश्वर नगरपालिकामा खेल मैदानको अभाब रहेको बताउदै सो मैदान निर्माण गर्ने कार्य मा पहल गरिरहेको बताए। उनले खेलकुद प्रशिक्षणको पनि सुरुवात हुने क्रममा रहेको बताएका थिए ।
सभाध्यक्षको आसन बाट बोल्दै लिबर्टी स्कुल कलेजका प्रिन्सिपल तथा राष्ट्रिय संस्थागत बिध्यालय संघ निसानका केन्द्रीय अध्यक्ष ओम प्रसाद ढकालले उपस्थित सबैलाई धन्यवाद दिएका थिए। उनले खेलकुदलाई शिक्षाको महत्वपूर्ण अंगको रुपमा लिइएकोले लिबर्टीले दोस्रो लिबर्टी कप सेभेन ए साइड छात्र/छात्रा फुटबल प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरेको स्पस्ट पारेका थिए ।उनले खेलकुदको विकास विद्यालय तहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई फुटबलमा लाग्ने प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने विश्वासका साथ प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरेको पनि बताए ।
उनले फुटबलमा छात्राहरुको रुची भए पनि अवसर नपाउदा आफु भित्र रहेको प्रतिभा प्रष्फुटन गर्न नपाएको अवस्थालाई मध्यनजर गर्दै छात्राहरुको पनि फुटबल प्रतियोगितालाइ समाबेश गरिएको बताए। उनले छात्रा हरुलाई समाबेश मात्र नगरिकन पुरस्कारमा पनि कुनै भेदभाब नगरिकन समान राखिएको पनि जानकारी गराएका थिए। उनले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई लिबर्टी एकेडेमीमा बिशेष छुट मा छात्रवृत्ति प्रदान गर्ने बताउदै कार्यक्रमलाइ सहयोग गर्ने अत्तरखेल युवा क्लबका साथै सबै सहयोगी हातहरुलाई धन्यवाद समेत ब्यक्त गरेका थिए । कुल ३५ वटा बिध्यालयले सहभागिता जनाएको सो प्रतियोगितामा छात्र तर्फ २७ र छात्रा तर्फ १४ वटा टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन ।
मार्चपास, गीत तथा नृत्यसहित विशेष समारोहका बीच सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले रेफ्री फुर्वा लामालाइ बल हस्तान्तरण सहित गरेका थिए ।सो प्रतियोगिताको पहिलो छात्रा तर्फको उद्घाटन खेल आयोजक लिबर्टी एकेडमी र लर्ड्स लाइट एकेडमी बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा आयोजक लिबेर्टी एकेडेमीले लर्ड्स लाइट एकेडेमीलाइ १-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।लिबर्टी एकेडेमीको लागि जर्सी नं९ कि खेलाडी उपासना लिम्बुले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो ।उक्त खेलको म्यान अफ द म्याच लिबर्टी एकेडमीकि जर्सी नं ९ कि खेलाडी उपासना लिम्बु घोसित भइन । उनलाई गोकर्णेश्वर नगरपालिका शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकालले म्याब अफ द म्याचको मेडल प्रदान गरेका थिए।
त्यसै गरि आजै भएको छात्रा तर्फको दोस्रो खेल छहारी शिक्षा सदन र नेसनल पायोनियर स्कुल बीच भएको थियो। उक्त खेल मा छहारी शिक्षा सदनले नेसनल पायोनियर स्कुललाइ ५ -० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । उक्त खेलमा नेसनल पायोनियर स्कुलकि खेलाडी रोशनी तामांगले आत्मघाती गोल गर्न पुगेकी थिइन् । छहारी शिक्षा सदनको लागि जर्सी नं १० कि खेलाडी शृष्टि लामाले ह्याट्रिक गरेकी थिइन् भने एक गोल जर्सी नं १५ कि खलाडी सबिना तामाङले गरेकी थिइन। सो खेल को म्यान अफ द म्याच छहारी शिक्षा सदन कि शृष्टि लामा घोसित भइन।
आजै भएको छात्रा तर्फको अर्को खेल श्रीयन्त्र स्कुल र गोकर्णेश्वर लाइट एकडेमी बीच भएको थियो। सो खेलमा गोकर्णेश्वर लाइट एकेडेमीले श्री यन्त्र स्कुलललाई १-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। उक्त खेलमा गोकर्णेश्वर लाइट एकेडेमीकि निमा डोल्मा ह्याल्मोले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो। सो प्रतियोगिताको म्यान् अफ द म्याच पनि उनि नै चुनिएकी थिइन ।छात्रा तर्फको अन्तिम खेल गोल्डेन फ्युचर र नेपालय इंगलिस पब्लिक स्कुल बीच भएको थियो। उक्त खेलमा नेपालय इंगलिस पब्लिक स्कुलले गोल्डेन फ्युचर स्कुललाइ १-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।
त्यसै गरि छात्र तर्फ को पहिलो खेल श्रीयन्त्र स्कुल र केब्स एकेडेमी बीच भएको थियो। सो खेलमा श्री यन्त्र स्कुलले केब्स एकेडेमीलाइ २-० गोला अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।त्यसैगरी आजै भएको छात्र तर्फको दोस्रो खेल आयोजक लिबर्टी एकेडेमी र नेसनल पायोनियर एकेडेमी बीच भएको थियो ।सो खेलमा आयोजक लिबर्टी एकेडेमीले नेसनल पायोनियर एकेडेमीलाइ ४-१ गोल अन्तरले पराजित गरको थियो।
त्यसै गरि अर्को खेल समता स्कुल र हिम शृंखला स्कुल बीच भएको थियो। सो खेलमा समताले हिमश्रृंखला स्कुललाइ पनि ४-१ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ त्यसै गरि आजै भएको अर्को खेल मेरील्याण्ड स्कुल र बिद्या सागर स्कुल बीच भएको थियो। उक्त खेलमा बिद्या सागर स्कुलले मेरिल्याण्ड स्कुललाइ २-१ गोल अन्तरले पराजित गरेको थियो ।आजको छात्र तर्फको अन्तिम खेल नेपालय इंगलिस पब्लिक स्कुल र आयोजक लिबर्टी एकेडेमी ए बीच भएको थियो। सो खेलमा आयोजक लिबर्टी एकेडेमी ए लाइ नेपालय इंगलिस पब्लिक स्कुलले ४-१ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।
लिबर्टी एकेडेमी प्लस टु मुख्य प्रायोजक रहेको सो प्रतियोगितामा छात्र र छात्रा तर्फका दुवै टिमका प्रथम स्थान हैसिल गर्नेले नगद पुरस्कार रु २० हजार सहित आकर्षक ट्रफी मेडल त प्रमाण पत्र प्राप्त गर्नेछ भने दितिय हुने टिमले नगद रु १० हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। त्यसै गरि प्रतियोगितामा तृतीय हुने टिमले नगद पुरस्कार रु ५ हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याच लाइ पनि ट्रफीको व्यवस्था गरिएको कार्यक्रम संयोजक दिनेश राइले जानकारी गराए ।