समाजसेवी रोजिना बिष्ट (रोज) द्वारा बिपन्न परिवारलाइ जाडोको लागी न्यानो कपडा वितरण

समाजसेवी रोजिना बिष्ट (रोज) द्वारा बिपन्न परिवारलाइ जाडोको लागी न्यानो कपडा वितरण

कपन अनलाइन

काठमाडौं माघ १३। गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा संचालित सुनौलो पाइला संस्थाकी अध्यक्ष रोजिना बिष्ट (रोज) द्वारा बिपन्न  परिवारलाई जाडोको लागि  न्यानो कपडा वितरण गरेकी छिन। उनले बिभिन्न दाताहरु बाट संकलन गरिएको “न्यानो कपडा” हरु मकवानपुर जिल्लाको बिकट मध्यको एक कैलाश गाउपालिका को वडा नं ५ मा रहेका असहाय तथा विपन्न परिवारका बालबालिका तथा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेकी हुन् ।

सो कार्यको लागि उनलाई मासिक सय अभियानले समेत कपडा सहयोग गरेको थियो ।उक्त वडामा रहेका करिब १५ सय जनालाई जाडोको लागि बिभिन्न लत्ता कपडा को साथै बिद्यार्थीहरुको लागि स्कुल ब्याग समेत वितरण गरिएको थियो । मकवानपुरको  कैलाश गाउपलिका वडा नं ५ का वडाअध्यक्ष सहितको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

 पुष माघको सिरेटो सँगै चिसोले जनजिवन प्रभावित भएको यो समयमा जाडोको न्यानो कपडा पाउँदा ईश्वरकै बरदान सावित भएको विपन्न परिवारका  स्थानीयले बताएका थिए । दैनिक उपभोग्य सामाग्रीका लागि सरकारले भत्ता दिँदै आएको भएपनि जाडोको समयमा हुने लुगा कपडाको जोहो गर्न नसकेकाले समस्या झेल्दै आएका बृद्ध बृद्दाहरुले  खुसि ब्यक्त गरेका थिए । समाज सेवी रोजिना बिष्टले बिभिन्न दाताहरु बाट प्राप्त भएको सहयोग स्थानीयलाइ प्रत्यक्ष रुपमा दिन पाउदा खुसि लागेको बताएकी थिइन् ।

उनले सहयोग उपलब्ध गराउने संघ सस्थालाइ धन्यबाद समेत दिएकी थिइन् ।उनले  आर्थिक रूपमा असक्षम, मजदुर एवं विपन्न वर्गहरूलाई जाडो कटाउन निकै नै गाह्रो हुने र कठ्याङ्ग्रिएर मृत्यु सम्मका भयावह परिस्थिति उत्पन्न  हुने भन्दै त्यस्ता परिवारहरूलाई राहत होस् भन्ने उद्देश्यले कपडा संकलन एवं वितरण कार्यक्रमको आयोजना गरिएको बताइन।

उनले लत्ताकपडा पाएका व्यक्तिहरूका मुहारमा खुसी देखेर आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू गर्नका लागि आफूलाई प्रेरणा मिलेको उनले बताएकी थिइन्।  सो कार्यक्रममा बिशाल भण्डारी, सरोज बस्नेत र रोज बिष्ट काठमाडौं देखि व्यक्तिगत खर्चमा संकलित न्यानो कपडा सहितका सामग्री लिएर  कैलाश गाउपलिका वडा नं ५ सम्म पुगेका थिए । उनीहरुले सो कार्यक्रममा उपस्थित हुन नसकेकाहरुको लागि संकलित सामग्री वडा अध्यक्षलाइ हस्तान्तरण गरेका थिए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।