माघ १६ गते गोकर्णेश्वर महादेव मन्दिरमा सामुहिक ब्रतबन्ध गरिने

माघ १६ गते गोकर्णेश्वर महादेव मन्दिरमा सामुहिक ब्रतबन्ध गरिने

कपन अनलाइन

काठमाडौं माघ २ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको श्री गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गोकर्णेश्वर कर्मकाण्ड तथा ज्योतिष सेवा समितिले यहि आउदो माघ १६ गते श्रीपंचमीको दिनमा  सामुहिक ब्रतबन्ध आयोजना गर्ने भएको छ। बिगत देखि गर्दै आएको सो कार्यक्रमले यस पटक पनि निरन्तरता पाउन लागेको हो ।पहिला सामुहिक रुपमा ब्रत बन्ध गर्ने परम्परा रहेपनि पछि गएर घमण्डका कारण छुट्टा छुट्टै गर्न थालेको र अहिले आएर संस्कृतिको संरक्षण एवं अनावश्यक खर्चलाई कम गर्न सामुहिक रुपमा ब्रत बन्ध गर्न लागेको  आयोजकले बताएको छ।

हिन्दु परम्परामा ब्रतबन्ध  अनिवार्य संस्कार रहेको र यो खर्चिलो पनि रहेकोले व्यक्तिहरुको खर्च कम गर्न र संस्कृतिलाई बँचाउन सामुहिक ब्रत बन्धको आयोजना गरेको कार्यक्रम संयोजक इश्वर पाण्डेले बताए ।उनले  सामुहिक ब्रतबन्धमा पनि एक्लैले गर्ने ब्रतबन्ध जस्तै सम्पूर्ण विधिविधान गराइने उनले बताए । उनको अनुसार “सामुहिक रुपमा गर्ने ब्रतबन्धमा पनि त्यति नै मन्त्र पढिने भएकोले यसमा कुनै किसिमको मन्त्र वा विधिमा घटबढ गरिएको छैन” ।  उक्त कार्यक्रममा सहभागी  भइ आफ्ना बटुकहरुको ब्रतबन्ध गराउनको लागि पनि  अनुरोध गरेका छन  ।

समाजको संस्कृतिलाई मितव्ययी बनाउन सामुहिक ब्रतबन्ध कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाइ रहेको छ ।पछिल्लो समय आर्थिक स्रोतसँगै गाउँघरमा संस्कारका नाममा हुने बढ्दो तडकभडकलाई मितव्ययी बनाउन  पनि सामुहिक ब्रतबन्धले धेरै  सघाउने  बिश्वास आयोजकले राखेको छ ।उक्त कार्यक्रममा सहभागी हुने प्रति बटुकहरुले रु ३५ सय तिरेर दर्ता गराउन  सकिने आयोजकले बताएको छ ।साथै थप जानकारीको लागि इश्वर पाण्डे  ९८५११४८७५७, ९८०८९९२५५५ मा सम्पर्क गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।