क्षेत्र नं. ४ मा पासाङलाई सघाउन २९ गते प्रचण्ड र बाबुराम आउँदै

कपन अनलाइन०७० कार्तिक १८
काठमाडौं क्षेत्र नं. ४ मा जसरी पनि चुनाव जित्ने योजनाका साथ अघि बढेका एमाओवादीका उम्मेदवार पासाङको चुनावी माहौल तताउनका लागि पार्टी उच्च तहका नेताद्वय प्रचण्ड र बाबुराम भट्टराई क्षेत्र नं. ४ आउने भएका छन् । क्षेत्र नं. ४ चुनाव परिचालन समिति सचिवालय सचिव मुरारी भण्डारीले कपन अनलाइनलाई बताए अनुसार क्षेत्र नं. ४ मा मजबुत अवस्थामा रहेको एमाओवादीको माहौल अझै सुुनिश्चित बनाउन नेताद्वय क्षेत्र नं. ४ आउन लागेका हुन् । उनीहरुले २९ गते क्षेत्र नं. ४ मा हुने चुनावी आमसभालाई सम्बोधन गर्नेछन् । कार्तिक १७ गते एमाओवादी क्षेत्र नं. ४ को सबै भहत्वपूुर्ण कमिटिहरुको भेलामा वरिष्ठ नेताहरु आउने जानकारी दिइएको हो ।

 

 

pasangभेलामा यस क्षेत्रका उम्मेदवार पासाङसहित निर्वाचन परिचालन कमिटिका संयोजक धर्मदत्त देवकोटा, राज्य समितिका सदस्यहरु, केन्द्रिय सल्लाहकार समितिका सदस्यहरु र चुनाव परिचालन कमिटिका महत्वपूर्ण व्यक्तिहरुले चुनावी वातावरणको समिक्षा गरेको मुरारी भण्डारीले जानकारी दिएका थिए । भेलामा सबै गाउँ तथा नगरका वडाहरुबाट पार्टीका विभिन्न तहले गरेको मत सर्वेक्षण संकलन गरिएको थियो । पार्टीका बिभिन्न तहले गरेको मत सर्वेक्षणको आधारमा अहिलेको अवस्थामा पासाङले गगन थापाभन्दा ३५०० मत बढि ल्याएर चुनाव जित्ने विश्लेषण गरिएको भण्डारी बताए । क्षेत्र नं. ४ का विभिन्न तहले ल्याएको सर्वेक्षणलाई आधार बनाउँदा पासाङले १५००० मत ल्याएर चुनाव जित्ने विश्लेषण गरिएको छ भने गगन थापाले ११५०० र एमालेका निर्मल कुइँकेलले १०२०० मत ल्याउने विश्लेषण गरिएको छ । भण्डारीले कपन अनलाइनलाई बताए अनुसार क्षेत्र नं. ४ बाट राप्रपा नेपालले ३००० मत ल्याउने एमाओवादी क्षेत्र नं. ४ ले विश्लेषण गरेको छ । त्यसैगरी पूर्व सभासद् सुप्रभा घिमिरेले १२०० मत ल्याउने विश्लेषण गरिएको पनि उनले बताए । त्यसैगरी क्षेत्र नं. ४ मा ४४००० मत झर्ने अनुमान पनि बैठकले गरेको जानकारी भण्डारीले दिए ।

 

भेलाले तिहारका दिनमा पनि व्यस्त घरदैलो कार्यक्रम गरिने निर्णय गरिएको छ । सचिवालय सचिव भण्डारीका अनुसार तिहारका दिन कपन, चुुनिखेल र चपलीमा घरदैलो गरिनेछ । भेलाले अब क्षेत्र नं. ४ मा एमाओवादीले चुनाव जित्ने अनुमान गर्दै महानगरपालिकाको ३३ नं. वडामा गगन थापाको सोचे जति राम्रो नरहेको विश्लेषण गर्दै ३३ र १ नं. वडामा एमाओवादीको लहर चलेको ठहर गरेको छ । त्यसैगरी चपली र चुनिखेलमा पनि चुुनावी जनाधार सुदृढ रहेको भेलाले विश्लेषण गरेको मुरारी भण्डारीले बताए

तपाइँको प्रतिक्रिया ।