एमाओवादीको १२ गते घरदैलो, १३ गते कपन केन्द्रित सभा गर्ने

कपन अनलाइनकपनमा नै अस्थायी बसोबास गर्ने काठमाडौं क्षेत्र नं. ४ का एमाओवादी उम्मेदवार नन्दबहादुर पुन पासाङले कपन गाविसको घरदैलो कार्तिक १२ गर्ने भएको छ । कपनमा अनौपचारिक भेटघाट तथा सभाहरु निरन्तर गरिरहे पनि घरदैलो कार्यक्रम भएको छैन । एमाओवादी कपनका प्रभावशाली नेता सञ्जय आर्यालले कपन अनलाइनलाई बताए अनुसार कार्तिक १२ गते बिहानैदेखि दिनभर कपन गाविसमा घरदैलो कार्यक्रम हुनेछ । त्यसैगरी घरदैलोको भोलिपल्ट कार्तिक १३ गते कपनस्तरीय सभा हुने पनि उनले जानकारी दिए । कपन ३ स्थित ह्याण्डबल मैदानमा हुने सभामा उम्मेदवार पासाङसहित बिभिन्न वक्ताहरुले कपनवासीलाई सम्बोधन गर्ने पनि आर्यालले बताए ।

 

sanjay[highlight]कपनमा सञ्जय अर्याल आएपछि एमाओवादी सुदृढ बन्दै, निर्वाचन परिचालनको संयोजक बन्दै[/highlight]

संबिधानसभा निर्वाचनको घोषण लगत्तै क्षेत्र नं. ४ भित्र कपनभन्दा बाहिर संगठनात्मक कार्यक्रममा व्यस्त रहेका एमाओवादी कपनका सबैभन्दा प्रभावशाली नेता सञ्जय अर्याल केही दिन यता कपनमा व्यस्त भएका छन् । क्षेत्र नं. ४ मा सबैभन्दा बढि मतदाता भएको कपनमा अरु दलभन्दा बढि मत लिन योजना बनाउँदै गरेको एमाओवादीले सञ्जय अर्याललाई कपन बोलाएको हो । उनको आगमनसँगै कपन एमाओवादीले आत्मविश्वासी अभियान सञ्चालन गर्न थालेको छ ।

केही दिनयता कपनमा दिनदिनैजस्तो र्याली तथा प्रचारप्रसारका कार्यक्रम हुुनुुले सञ्जय अर्याल कपन आएको आभाष दिलाएको कार्यकर्ताहरु बताउँछन् । सञ्जय अर्याल कपनमा खटेपछि अरु दलहरुलाई पनि अझै चुनौति हुने बताइन्छ । यसैबीच एमाओवादी क्षेत्र नं. ४ ले सञ्जय अर्यालले कपन चुनाव परिचालन समितिको संयोजक बनाउन लागेका समाचार प्राप्त भएको छ ।

तपाइँको प्रतिक्रिया ।