कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि एकता जेम्स प्लस टु कलेजको स्वागत कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं पौष ५ ।गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा संचालित एकता जेम्स प्लस टु कलेजले कक्षा ११को बिभिन्न संकायमा नया भर्ना भएका बिद्यार्थीहरुलाई एक कार्यक्रमका बीच स्वागत गरेको छ ।छिमेकि पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा शैक्षिक सत्र २०७६।०७७ का लागि एकता जेम्स नै उत्कृष्ट शैक्षिक गन्तव्य ठानी भर्ना भएका विद्यार्थीहरुलाई एकता जेम्सका प्रिन्सिपल भिम दर्लामी लगायत बिद्यालय परिवारका सदस्यहरुले खादा ओडाई स्वागत गरिएको थियो ।
शुक्रबार अपरान्ह भएको सो कार्यक्रमको प्रमुख अतिथीको रुपमा गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ती नेपाल रहेकी थिइन् भने बिशेष अतिथिको रुपमा इसान का अध्यक्ष राजकुमार श्रेष्ठ,प्याब्सन कागेश्वरी मनोहरा नगरपालिका अध्यक्ष श्रीराम दाहाल, रिडर्स इन्टरनेसनल इंगलिस मोडल स्कुल (रिम्सका) प्रिनिस्पल बाल मुकुन्द कार्की, भेनस पब्लिक स्कुलका प्रिन्सिपल नेत्र दाहाल, विपुल शिक्षा सदनका प्रिन्सिपल एबम नेसनल प्याब्सन गोकर्णेश्वर नगरकमिटी अध्यक्ष मोहन अधिकारी भेनस नेसनल कलेजका प्रमुख कृष्ण गौतम, लगायत शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षतामा एकता जेम्सका प्रिन्सिपल भिम दर्लामी मगर ले गरेका थिए ।कार्यक्रममा बिद्यार्थीहरुले स्वागत गीत तथा नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै एकता जेम्सका प्रिन्सिपल भिम दर्लामी मगरले हरेक बर्ष एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल रहेको एकता जेम्सले कक्षा ११ र १२ को परीक्षामा पनि उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने, गुणस्तरीय शिक्षामा जोड दिने र सक्षम, योग्य र व्यावसायिक नागरिक तयार पार्न प्रयत्नशील रहने जानकारी गराएका थिए । उनले बिद्यार्थीको आवश्यकतालाइ सहजै व्यवस्था गर्ने भन्दै अतिरिक्त क्रियाकलाप पनि कलेजले प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका कि उप प्रमुख शान्ती नेपालले आयोजकलाइ धन्यवाद दिदै गुणस्तरीय शिक्षाको लागि विद्यार्थी र शिक्षकको सुमधुर सम्बन्ध हुनुपर्ने बताएकी थिइन् । उनले नव आगन्तुक बिद्यार्थीहरुलाई शैक्षिक भविष्य उज्ज्वल बने एकता जेम्सलाइ ज्ञान आर्जनको थलो बनाउन आग्रह समेत गरेकी थिइन् । उनले पढाई प्रति जिम्मेवार र लगनशील हुन सबै बिद्यार्थीहरुलाई अनुरोध समेत गरेका थिइन । उनले आगामी दिनमा प्राबिधिक शिक्षा तर्फ पनि जोड दिन आग्रह गर्दै बिद्यार्थीहरुको सकारात्मक कार्यलाई नगरपालिकाले सधै साथ दिने पनि बताएकी थिइन्।
कार्यक्रममा कक्षा ११मा शिक्षा संकायमा उत्कृष्ट नतिजा प्राप्त गर्ने मिङ्ग्मार शेर्पा , त्यसै गरि मानविकी संकायमा उत्कृष्ट हुने आशिष सुनुवार , बिज्ञान संकाय तर्फ बाट उत्कृष्ट हुने नेपेस लामा र व्यवस्थापन संकायमा उत्कृष्ट हुदै कलेज टप गरेका दिनेश महतो लाइ प्रमुख अतिथि द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले नव आगन्तुक बिद्यार्थीहरुलो उज्ज्वल भबिष्यको कामना गरेका थिए ।
फोटो : सरोज बस्नेत